एक महिनाकी सुत्केरी घर निकाला



दाङ । नारायणपुरकी सुत्केरी महिलालाई घरबाट निकालिएको छ ।  घोराही उपमहानगरपालिका–१० झारबैराकी २३ वर्षीया दुर्गा वलीलाई उहाँका श्रीमान् र परिवारले घर निकाला गरेका हुन । एक महीनाकी सुत्केरी वलीलाई गत असोज ३० गते सुत्केरी घरबाट निकालेका हुन ।दुर्गालाई श्रीमान् हेमराज वलीले अर्कैको बच्चा जन्माएको भन्दै घर निकाला गरेको पीडितले बताउनुभयो ।तीन वर्षपहिले मागी विवाह गरेका हेमराजले दुर्गालाई विवाह गरेको आठ महीनाबाटै यातना दिन शुरु गरेक हुन ।गर्भवती भएको समयमा पनि पिट्ने, यातना दिदै आएका थिए ।

सुत्केरीलाई घर निकाला गरेर हेमराजले सम्बन्ध विच्छेदका लागि देउखुरीस्थित जिल्ला अदालतमा मुद्दा दायर गरेको पीडित दुर्गाले बताउनुभयो । सुत्केरी अवस्थामा स्याहारसुसार पाउने बेलामा दुर्गाले न्याय खोज्दै न्यायिक निकायमा पुग्नुपर्ने बाध्यता छ । रोल्पा त्रिवेणी गाउँपालिका जुगार माइत भएकी दुर्गालाई अहिले माइती पक्षले सहयोग गर्दै आएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्