गोली हानी सुनसरीमा १ जनाको हत्या



विराटनगर । सुनसरीको दुहबीमा १ व्यक्तिको गोली हानी हत्या भएको छ । अज्ञात समूहले स्थानीय बाबा इँटा उद्योगका म्यानेजर फिदा हुसेनको बुधबार बिहान दुहबी–९ नहर क्षेत्रमा गोली हानी हत्या गरेको हो ।

सुनसरीका एसपी राजन अधिकारीले मोटरसाइकलमा आएका अज्ञात समूहले हानेको गोली लागी हुसेन घाइते भएको र उपचारका लागि अस्पताल लगिँदै गर्दा बाटैमा मृत्यु भएको जानकारी दिए । हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन । प्रहरीले घटनाबारे जानकारी पाएलगत्तै यसमाथि अनुसन्धान शुरु गरेको जनाएको छ । एसपी अधिकारीका अनुसार हुसेनको शव अहिले उनकै निवासमा राखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्