स्कुटी र डोजर एक आपसमा ठोक्कीदा एक युवक घाइते



तुलसीपुर ५ मंसर
दाङको तृुलसीपुरमा स्कुटी र डोजर एक आपसमा ठोक्कीदा एक युवक घाइते भएका छन् । घाईते हुनेमा तुलसीपुर ६ निबासी २३ बर्षका प्रदिप भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । प्रनाउ शाहीका अनुसार पूर्वबाट तुलसीपुर बजार तर्फ आइरहेको रा४प ५८६ नम्बरको स्कुटी घोराही तुलसीपुुर सडक खण्डको पेट्रोलपम्प नजिकै सडकमा काम गरिरहेको रा१क २९९ नम्बरको डोजरमा ठोक्कीदा दुर्घटना भएको हो । गम्भिर घाइते भण्डारीलाई तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालजञ्ज रिफर गरिएको छ । चालक सहित डोजरलाई प्रहरीले निणन्त्रमा लिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्