नागरीक सम्वाद केन्द्रको वैठक सम्पन्न



सैघाली खबर ,
दाँङ १५ साउन।।

नागरिक सम्वाद केन्द्रको वैठक तुलसीपुरमा सम्पन्न भएको छ । नागरिक सम्वाद केन्द्रका संयोजक टिकाराम रेग्मीको अध्यक्षता भएको वैठकले विभिन्न निर्णयहरु गरेको छ ।
वैठकले स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा कम्तीमा ३३ प्रतिसत महिला सहभागीता गराउनुपर्ने र आदिवासी जनजातिको हकमा जनसंख्याको आधारमा सहभागीता गराउनु पर्ने माग गरेका छ ।

त्यस्तै स्थानीय निकायको निर्वाचन २० बर्ष पछि भएको हुदा अव प्रत्यक पाँच पाँच बर्षमा निर्वाचन हुनुपर्ने र निर्वाचनको मिति पनि सोही समयमै निर्वाचन आयोगले तोक्नु पर्ने निर्णय गरेको छ ।

स्थानीय तहको निर्वाचन शान्ति पुर्ण भएको र शान्ती पुर्ण निर्वाचन गराउन सहयोग गर्ने सवैमा धन्यवाद दिने निर्णय गरेको सचिव श्याम चौधरीले जानकारी दिएका छन् ।

सो असरमा नेकपा एमालेका जिल्ला अध्यक्ष टिकाराम खड्का, संघीय लोकतान्त्रीकका शरण थारु, राष्ट्रिय जनमोर्चाका राजमोका रेशम विसी, राष्ट्रीय जनमुक्ति पार्टीका ठाकुर रोका, उच्च अदालत वारका सचिव श्रीराम चौधरी, पत्रकार निरला अर्याल गैरे, अधिवक्ता डिल्लीराज धिताल, मेलमिलाप कर्ता सावित्रा आचार्य, फोकल प्रसन लालिका पोख्रेललगायतले बोलेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्