वडा कार्यालय शनिबार पनि खुल्ने



लमही
५ मंसिरर दाङको लमही नगरपालिका वडा नम्बर–६ को कार्यालय शनिबार पनि खुल्ने भएको छ । मंगलबार बसेको वडाको बैठकले सेवाग्राहीको सहज सेवा प्रदानका लागि शनिबार बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म कार्यालय खुल्ला गर्ने निर्णय गरेको हो ।

वडा अध्यक्ष गणेशमान चौधरीका अनुसार अत्यावश्यक कामको लागि सिफारिस दिने भनि शनिबार पनि कार्यालय खुल्ला राख्ने निर्णय गरिएको हो ।कर्मचारी, विद्यार्थी तथा अन्यबारमा ब्यस्त हुने वडावासीलाई सेवा दिने उद्देश्यले शनिबार कार्यालय खोल्ने निर्णय गरिएको उनले बताए ।

‘ब्यस्त सेवाग्राही, बिद्यार्थी र कर्मचारीलाई सेवा दिने उद्देश्यले शनिबार पनि कार्यालय खोल्ने निर्णय गरेका छौं’ उनले भने ‘अत्याबश्यक सेवा प्रदान हुनेछ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्