‘अवसर विमुख दलित समुदाय ’



 

सैघाली खबर
दाङ १५ साउन

दलित संघका केन्द्रिय सदस्य एंव नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि जोगेन्द्र विश्वकर्माले दलित समुदाय अधिकार कुरो मात्रै होईन , अवसरको वाटो पनि दिनुपर्ने वताएका छन ।दलित संघ क्षेत्र न. ३ ले आईतवार घोराहीमा आयोजना गरेको दलित संघ दाङका अध्यक्ष स्वर्गिय दिनेश नेपालीको दोस्रो स्मृृति दिवसमा केन्द्रिय सदस्य विश्वकर्माले यस्तो वताएका थिए ।

दलित संघ दाङका क्षेत्र न. ३ का सभापति शरद विक ‘ समिप’को अध्यक्षता तथा दलित संघका केन्द्रिय सदस्य एंव नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि जोगेन्द्र विश्वकर्मा एंव नेपाली काँग्रेस दाङका पुर्व सभापति विर्केश्वरी गौतमको विशिष्ट अतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि विश्वकर्माले दलित समुदाय लाई राज्यले कानुनी रुपमा अधिकार सम्पन्न वनाए पनि नेतृत्वपंक्ती वाट दलित समुदाय अझै उपेक्षित भईरहेका वताए । लामो जातिय आन्दोलन संगै जातिय अधिकार सम्पन्न भईसकेका दलित समुदाय जातिय अधिकार सम्पनता अनुरुप अवसर पाउन नसकेको उनले टिप्पणी गरे । भर्खरै सम्पन्न स्थानिय तहको निर्वाचनमा जिल्लामा दलित महिला आरक्षण सिट वाहेक ४३ जना दलित समुदाय व्यक्तिले स्थानिय तहको प्रतिनिधित्व गर्ने अवसर पाएको उल्लेख गरे ।

त्यस्तै प्रमुख अतिथि विश्वकर्माले स्वर्गिय नेपालीको स्वर्गारोहण पछि दलित संघ दाङ २ वर्ष देखी नेतृत्व विहिन अवस्थामा गुज्रिरहेकाले संघको नेतृत्व निर्माणका लागि पार्टी नेतृत्वपंक्तीले ध्यान पु¥याउनु पर्ने वताए । विश्वकर्माले नेतृत्वपंक्ती भित्रको आन्तरिक गुठवन्दीका कारण संघले नेतृत्व पाउन नसकेको आरोप लगाए । नेताहरु विचको आन्तरिक धुव्रिकरणका कारण नेताहरु व्यक्तिमुखी वन्दै गईरहेकाले पार्टी नेतृत्व संगै भात्तृ संघ–संगठन नेतृत्व अन्यौलमा पर्दै गईरहेका वताए । दलित संघको नेतृत्व निर्माण पार्टी भित्रको नेताहरुको हावी जम्नखोज्दा दलित संघको नेतृत्व २ वर्ष देखी अन्यौलमा परेको वताए । पार्टी भित्रको नेतृत्वपंक्ती र नेताहरुले दलित भित्रको आन्तरिक तालमेल र गुठफुट नेतृत्वपंक्ती नै लागेकाले संघ अन्यौलमा पर्दै गईरहेको उनले आरोप लगाए । स्वर्गिय नेपालीले दाङको पार्टी शशक्तीकरण , सुदृढिकरण र विकासका लागि अमुल्य योगदान पु¥याएकाले पार्टीले नेपालीको योगदान लाई उच्च प्रशसनिय कदर गरिनु पर्ने वताए ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाली काँग्रेस दाङका पुर्व सभापति विर्केश्वरी गौतमले दलित समुदायहरुले मुलुक विकासका लागि ठुलो योगदान पु¥याए पनि राज्यले अधिकार समन्नता सहितको अधिकारको अवसर दिन नसकेको उनले वताए । कार्यक्रम नेपाली काँग्रेसका महासमिति सदस्य अर्जुन कुमार श्रेष्ठ , महाधिवेशन प्रतिनिधि भरत वहादुर न्यौपाने , नेपाली काँग्रेस दाङका सचिव शंकर प्रसाद डाँगी , कोषाध्यक्ष सावित्रा राणा , पुर्व महासमिति सदस्य हरि रजौरे , महाधिवेशन प्रतिनिधि तारा प्रसाद नेपाली , चेत वहादुर शेरपाईली , क्षेत्रिय उप–सभापति भगतसिंह भण्डारी , दलित संघ दाङका पुर्व उपाध्यक्ष बाबुराम विक , म िपुर्व सचिव लोका विक , निवर्तमान क्षेत्रिय सभापति प्रकाश नेपाली , शमशेर नेपाली , महिला संघ दाङकी अध्यक्ष गोमा रावत , नेविसंघ दाङका उपाध्यक्ष टोप वहादुर वुढाथोकी , नेविसंघ क्षेत्र न. ३ का अध्यक्ष तिलक रावत ,नेपाल महिला संघ क्षेत्रिय अध्यक्ष जानका केसी , संघकी पुर्व कोषाध्यक्ष सपना विक ,संघकी पुर्व जिल्ला सदस्य रीता विक , पुष्पा वादी लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए । दलित संघ दाङ क्षेत्र न. ३ का उपाध्यक्ष केशव नेपालीका स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा स्वार्गिय नेपालीको धर्मपत्नी बिन्दु कुमारी नेपाली ज्ञापन गरेकी थिईन । भने कार्यक्रमको सहजीकरण सचिव पदम नेपालीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्