जनप्रतिनिधिहरुको संकल्प ‘दाङ प्रादेशिक राजधानी ’



गिरिराज नेपाली
दाङ १५ , साउन
दाङका नवनिर्वाचित जनप्रतिनिधिहरुले दाङलाई प्रादेशिक राजधानी निर्माण गर्ने संकल्प लिएका छन । नवनिर्वाचित जनप्रतिनिधिहरुले दाङलाई सभ्य , समृद्ध र समुनत मात्रै होईन, पं्रादेशिक राजधानीका स्थापित गर्ने संकल्प रहेको वताएका छन । नेपाल पत्रकार महासंघ दाङले आईतवार घोराहीमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरु स्वागत एंव सम्मान कार्यक्रममा जनप्रतिनिधिहरुले यस्तो वताएका हुन ।

घोराही उप–महानगरपालिकाका नवनिर्वाचित मेयर नरुलाल चौधरीले प्रदेश नम्वर ५ को प्रादेशिक राजधानीको उचित सम्भावना बोकेको जिल्ला मध्ये एक मात्र क्षेत्र दाङ रहेकाले दाङ लाई प्रादेशिक राजधानी आफ्नो पहिलो योजना रहेको वताए । भौगोलिक दुरी , सडक सञ्जाल , सहज यातायात सेवा र अन्य प्राकृतिक स्रोत र भौतिक संरचनाको निर्माण आधारहरु प्रशस्त रहेकाले दाङ नै प्रादेशिक राजधानी बन्ने उनले दावी गरे । उनले भने –‘ चुनावी एजेण्डाको प्रमुख नारा मध्ये दाङ प्रादेशिक राजधानी पनि एक प्रमुख नारा थियो , मेरो प्रयास दाङ प्रादेशिक राजधानी निर्माण नै हो । ’

भौगोलिक , जातिय र साँस्कृतिक विविधताका भरिभराउ भएको जिल्ला मध्ये एक जिल्ला रहेकाले प्रदेश नम्वर ५ भित्रका सवै जिल्लाहरुमा पाईने जातिय संस्कार र संस्कृतिहरु पाईने भएकाले जातिय संस्कार र संस्कृतिहरु पाईने उनले वताए । दाङ थारु बाहुल्य क्षेत्र रहेपनि विविध खाले जातजाती र धर्म संस्कृति मिश्रित वसोवास क्षेत्र रहेकाले दाङ जातिय रुपमा पनि सम्भावना वोकेको छ ।

तर शिक्षा , स्वास्थ्य , रोजगार , कृर्षिको यान्त्रिकरणले अझै दाङ उच्च संम्भावना उन्मुख वनाउने लगिरहेका छ । पछिल्लो केही वर्षयता दाङ औद्योगिक उन्मुख जिल्लाका रुपमा देखा पर्दै गईरहेकाले दाङ प्रादेशिक राजधानी बन्छ नै भने सुचकहरु देखा पर्दै गईरहेका उनले वताए । तर स्थानिय स्तरमा प्रादेशिक राजधानी दाङ नै बनाउछौ भने हरेक जिल्ला–जिल्लाहरु आफ्ना–आफ्ना तर्कहरु छन । तर सम्भावनाहरु खोज्दै जाने हो भने दाङ भन्दा अन्यत्र विकल्प नै छैन । प्रादेशिक राजधानी स्थनिय सरकारले नभई प्रान्तिय सरकारले निर्णय गरी तोक्ने भएकाले दाङको जनप्रतिनिधि हैसियतले दाङ नै प्रादेशिक राजधानी निर्माणका लागि पहल गर्ने वताए ।

त्यस्तै उक्त कार्यक्रममा तुलसीपुर उप–महानगरपालिका उप–मेयर माया आचार्यले दाङ प्रान्तिय राजधानी मात्रै होईन केन्द्रिय राजधानीको सम्भवाना वोकेको जिल्ला हो । तर प्रान्तिय राजधानीका कारण विकास गरेर पनि दाङ लाई पश्चिम नेपालको सुन्दर व्यापारिक हवको रुपमा विकास गर्न सकिने उनले वताईन । हवाई यातायात अवरुद्ध हु्दा दाङको पर्यटन विकास ओझेलामा परेकाले दाङको समृद्धि र विकासका लागि सवैले चाँसो दिनु पर्ने उनले वताईन । विस्तार शहर उन्मुख वन्दै दाङ प्रदेश नम्वर ५ को दुरीका भौगोलिक दुरीका हिसावले पुर्व नवलपरासी देखी पश्चिम वर्दिया सम्ममा दाङ नै मध्येविन्दु रहेकाले दाङ प्रदेशिक राजधानी हुने सक्ने उनले दावी गरेकी थिईन ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका केन्द्रिय सदस्य अजयदिप शर्माको प्रमुख आतिथ्यता एंव घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रममा सम्पन्न भएको थियो । नेपाल पत्रकार महासंघ दाङकी उपाध्यक्ष लिला शाहको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव भुपेन्द्र वंलीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्