घरमा आगो लाग्दा रोल्पामा जलेर ३ बर्षीय बालकको मृत्यु



मंसिर ५, दाङ । रोल्पा जिल्लास्थित एक घरमा आगो लाग्दा एक जना बालकको जलेर मृत्यु भएको छ ।

जिल्लाको रून्टिगढी गाउँपालिका वडा नं। ४ मसिना निवासी भिमबहादुर पुनको घरमा आगो लाग्दा उनका ३ वर्षीय छोरा विशला पुनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रमुख एवम् डिएसपी दिपक खड्काले मंगलबार बेलुका ६ बजेतिर पुनको फुसले छाएको एक तले कच्ची घरमा आगो लाग्दा घर भित्रै सुतिरहेका बालकको मृत्यु भएको जानकारी दिए ।

आगलागीबाट घर भित्र रहेका अन्तपात, लत्ता कपडा, भाँडा वर्तन सबै जलेर नष्ट भएका छन् । प्रहरी र स्थानीयको क्रियाशिलतामा आगो सात बजेतिर नियन्त्रणमा आएको थियो ।

लेर मृत्यु भएका बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राति नै पुर्‍याइएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्