निर्वाचन नजिकिँदै गर्दा राजपा भित्रको विवाद सतहमा



 

सैघाली खबर

बुटवल १६ साउन ।

स्थानीय तहको निर्वाचनमा सहभागिताको विषयमा राष्ट्रिय जनता पार्टीमा उत्पन्न विवाद सतहमै आएको छ। दुई राष्ट्रिय उपाध्यक्षको गृह जिल्ला रहेको रुपन्देहीमा एक अर्काप्रति आरोप प्रत्यारोप मात्रै नभई कारबाहीको माग समेत भएको छ।

राष्ट्रिय उपाध्यक्ष ओमप्रकाश यादव गुल्जारीको आह्वानमा शनिबार भैरहवामा बसेको बैठकले अर्का राष्ट्रिय उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लालाई कारबाही गर्न माग गरेपछि विवाद बाहिर आएको हो।
गुल्जारीले आफू निकटका केही नेताहरुलाई बोलाएर बसेको भेलालाई जिल्लाको बैठक भनेर गलत प्रचार गरिएको शुक्ला पक्षीय नेता अजय बर्माले बताए। जिल्लाको अध्यक्ष मण्डलको संयोजक आफू रहेको भन्दै जानकारी नै नपाएको बैठकको आधिकारिकता नभएको बताए। उनले उपाध्यक्ष गुल्जारीले पार्टीको बदनाम गर्ने काम गरेको बताए।

गुल्जारी समूहका नेता नागेन्द्र साहनीको अध्यक्षमा बसेको बैठकले स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारको प्रचारमा लागेका राष्ट्रिय उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लालाई कारबाहीको माग गरेको छ।

नेता शुक्लाले आफू मातहतका कार्यकर्तालाई रुपन्देहीका १० स्थानीय तहमा निर्वाचनमा उम्मेदवार बनाएको अरोप सो समूहको छ। प्रचारमा समेत सक्रिय भएका शुक्लाको अभियानले लुम्बिनी सांस्कृतिक नगरपालिकामा मात्रै सफलता पाएको थियो।

‘पार्टीको निर्णय विपरित गत असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका स्थानीय नेतालाई राजीनामा दिन लगाएर स्वतन्त्र उम्मेदवारी दिन लगाएको र उनीहरुको प्रचार गर्दै हिडेको’ भन्दै कार्वाहीको माग गरिएको राजपाका एक नेताले बताए।

त्यस्तै निर्वाचनपछि शुक्लाले भैरहवामा राखेको गुटको बैठकलाई ५ नम्बर प्रदेश स्तरीय पार्टीको बैठक भनेर प्रचार गरेकोमा समेत बैठकले अपत्ति जनाएको छ। निर्वाचनमा सहभागी भएको र गुटगट बैठकलाई पार्टीको भन्दै प्रचार गर्नेलाई कारबाही नगरिए पार्टी अनुशासनहिन हुने बैठकले निष्कर्ष निकालेको छ।

तर, यसको खण्डन गर्न बर्माको अध्यक्षतामा मंगलबार भैरहवामा अर्का बैठक बस्दैछ। नेता अजय बर्माले राष्ट्रिय उपाध्यक्षले जिल्लाको बैठक डाक्ने अधिकार नभएको भन्दै अध्यक्ष मण्डलको बैठक मंगलबार बस्ने बताए।

गुल्जारी पार्टी एकिकरण अघि सद्भावना पार्टीका उपाध्यक्ष थिए। शुक्ला पनि तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष थिए। पार्टी एकीकरणपछि दुवै जना राष्ट्रिय उपाध्यक्ष भएका छन्।

copy by hareykpal.com……………………

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्