उपमेयरको घरबाट १६ लाख बराबरको धनमाल चोरी



भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा चोरी भएको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित घरबाट बुधबार करिब १५ लाख ९८ हजार ७५० रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । उपमेयर जोशीको घरको ढोका फोडेर चोरी भएको हो ।

चोरीमा संलग्नको पहिचान खुलेको छैन । चोरीबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख एवं मेयर क्लबका सचिव मदनसुन्दर श्रेष्ठले दिनदाहाडै जनप्रतिनिधिको घरमा भएको चोरीको अनुसन्धान गरी कारबाही गर्न माग गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्