देशले विकासको लक्ष्य लिएको छ – प्रचण्ड



चितवन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डण्ले देश विकासको लक्ष्य लिएको एक मात्र पार्टी नेकपा रहेको बताएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २१ मा बिहीबार बिहान नेपाली कांग्रेस र राप्रपाका नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले सो कुरा बताएका हुन् ।

बिहीबार बिहान नै भरतपुर महानगरपालिका वडा नम्बर २४ को भवन उदघाटन तथा वातावरणमैत्री वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने आश्वासन दिए । उनले भने, ‘अहिले सरकारमा निकै गम्भीर रुपले यो समस्याको गम्भीररुपमा नीतिगत समिक्षा भइराखेको छ र केही समयभित्रै एउटा निष्कर्षमा पुगेर पूर्जा वितरणको काम या अव्यवस्थित बसोबासको काम अगाडि बढ्ने छ ।’
उनले पाँच वर्षभित्र चितवन जिल्लाका सबै बाटाहरु पिच गर्ने दाबी गरेका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्