देउवाले १ देखि ५ भदौसम्म भारतको राजकीय भ्रमण गर्ने तयारी



सैघाली खबर
काठमाण्डौं ,साउन १६

प्रधानमन्त्री शेरबहादुर देउवाले १ देखि ५ भदौसम्म भारतको राजकीय भ्रमण गर्ने तय भएको छ । नेपाल र भारतको कूटनीतिकस्तरमा यो मिति टुंगिएको हो । केही दिनभित्रै औपचारिक मिति घोषणा हुने भारतीय कूटनीतिक स्रोतले जानकारी दियो ।

‘प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमण १ देखि ५ भदौसम्म हुने गरी हामी गृहकार्य गरिरहेका छौँ, नेपाली पक्षसँग कुराकानी गरेर चाँडै नै औपचारिक घोषणा गर्छौं,’ भारतीय कूटनीतिक स्रोतले नयाँ दिल्लीबाट टेलिफोनमा भन्यो । अहिलेको तयारीअनुसार प्रधानमन्त्री देउवा १ भदौमा दिल्ली गएर ५ भदौमा स्वदेश फर्किनेछन् ।

उनले २ भदौमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविन्दसहित उच्च भारतीय नेतासँग भेटवार्ता गर्ने गरी तयारी भइरहेको छ । प्रधानमन्त्री देउवा आन्ध्र प्रदेश जाने विषयमा छलफल भए पनि टुंगिन बाँकी रहेको स्रोतले बतायो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्