रातो धुलोसहितको आँधीले आकासको रङ्ग नै बदलियो



अष्ट्रेलियाको न्यू साउथ वेल्स क्षेत्रबाट सुरु भएको धुलोसहितको आँधीले सिड्नी आसपासको जनजीवन कष्टकर भएको  छ । अधिकारीहरुले बिहीबार आएको आँधीले जनस्वास्थ्यमा नराम्रो असर पार्ने भनेर सावधान गराएका छन् ।

५ सय किलोमिटर चौडा धुलोसहित फैलिएको आँधीले सहर घेर्न थालेको र यसबाट सबैले सावधान अपनाउनुपर्ने उनीहरुले बताएका छन् । न्यू साउथ वेल्सका धेरैजसोे क्षेत्रमा यस आँधीको कारणले हेर्नै पनि मुश्किल भएको छ ।

मौसम अधिकारीहरुका अनुसार आँधीले सुख्खा माटो उडाएर ल्याएको छ । अगस्ट महिनादेखि न्यू साउथ वेल्स क्षेत्रको भित्री राज्यमा परेको खडेरीका कारण यस्तो समस्या आएको आँधीले अष्ट्रेलियाको आकाशको रङ्ग बदलिएको छ ।

स्वास्थ्य अधिकारीहरुले स्थानीयलाई कोठाभित्रै बस्न सूचित गरेका छन् । विशेषगरी स्वासप्रश्वाससम्बन्धी समस्या भएका बालबालिका, वृद्ध तथा वयस्क सबैलाई आँधीबाट बच्न आग्रह गरेका छन् । अहिले त्यहाँको आकाशको रङ्ग पनि रातो देखिन थालेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्