ब्रेकिङ – डडेल्धुरामा बस दुर्घटना दश जनाको मृत्यु



 

डडेल्धुरा । डडेल्धुरामा बस दुर्घटना हुँदा दश जनाको मृत्यु भएको छ। दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएको बताईएको छ। से १ प २९३ नम्बरको बस बिहीबार साँझ दुई जिल्लाको सीमानामा पर्ने रडुवा नदीमा दुर्घटनामा परेको हो। बस सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।घाइतेलाई उपचारका लागि नजिकका अस्पतालमा लगिदै गरेको प्रहरीले जनाएका छन्।घटनाको विस्तृत विवरण आउन बाँकी छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्