१२ दिन पछि चौधरिको शव परिवारले बुझे



सैघाली खबर
दाङ ,साउन १६ 

साउनको ५ गते मोटर साइकलको ठक्कर मृत्यु भयकि तुलसिपुर १३ बखरियाकि जानका चौधरिको शव आज परिवारले बुझ्ने भयको छ ।
आइतवार हिजो ईलाका प्रहरी कार्यालय तुलसिपुरमा भयको छलफलमा पिडितलाई राहात र दोशिलाई कानुनि कारवाहि गर्ने सहमतिपछि आज परिवारले शव उठाउने मृतक चौधरिका श्रिमान तुलसिराम चौधरिले जानकारि दिनुभयको छ । पिडित परिवार पिडक पक्ष विच भयको छलफलमा यहि साउन १८ गते पाच लाख क्षेतिपुर्ति र पचास हजार उपचारमा लागेको खर्च दिने सहमति पछि शव बुझेको तुलसिरामले जानकारि दिनुभयको छ ।
मृतक चौधरिको आजै विहान ११ वजे शितलपुर घाटमा डाह संस्कार गरिने भयको छ । अन्तिम संस्कारमा सहभागी हुनका लागि परिवारले सवैमा आग्रह गरेको छ । चौधरिलाई साउन ५ गते तुलसिपुर वजार देखि रनियापुर तर्फ जाँदै गरेको रा १ प ४३३७ नम्वरको वाइकले ठक्कर दिदा उपचारको क्रममा मृत्यु भयको थियो । चौधरिका श्रिमनन, २ छोरा रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्