समाजमा वातावरणीय शिक्षाको विकास ( सीड) तुलसीपुर द्धारा पश्चिम दाङका विद्यालयको अनुगमन गरिएको छ । आईएम नेपालको सहयोगमा सीडले कार्यक्रम चलाईरहेका पश्चिम शान्तिनगर गाउँपालिकाका चारवटा बिद्यालयको बिहीबार अनुगमन गरेको हो ।
जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपाली, शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगी, दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी, शान्तिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसी, शिक्षा शाखा प्रमुख घनश्याम वली, गाउँपालिका उपप्रमुख मिथिला शाह, सीडका अध्यक्ष राममोती चौधरी, कार्यकारी निर्देशक भागिराम चौधरी, कार्यक्रम संयोजक माधव चौधरी, कार्यक्रम अधिकृत निर्मला महतारालगायतको टोलीले अनुगमन गरेको हो ।
शान्तिनगर गाउँपालिका वडा नं. २ पेदाको बालकल्यान आधारभूत बिद्यालय, शान्तिनगर गाउँपालिका वडा नं. ५ को हातिखाल जनशक्ति प्राबि, शान्तिनगर ५ कै आदर्श आधारभूत बिद्यालय काँसिपुर, शान्तिनगर ६ को माबि तुलसीपुरको अवलोकन गरिएको हो ।
अवलोकन पस्चात सीडको कार्यक्रम प्रभाबकारी रुपमा सञ्चालन भएको पाईएको छ । साथै सीडले कार्यक्रम सञ्चालन गरेदेखि बिद्यालयको शैक्षिक तथा भौतिक विकास भएको पाईएको छ । यसैबीच पश्चिम दाङको शान्तिनगर, दंगीशरण गाउँपालिकाका २३ वटा बिद्यालयमा सीडले कार्यक्रम सञ्चालन गरिरहेको सीडका कार्यक्रम संयोजक माधब चौाधरीले जानकारी दिए ।
जसमा बिद्यालयमा बाल क्लब गठन, ३ वटा प्रस्ताबित बिद्यालयमा खानेपानी फिल्टर सहयोग तीन वटा बिद्यालयमा कम्प्युटर सहयोग, १२ वटा बिद्यालयमा भुई व्यबस्थापनका लागि जुट कार्पेटको सहयोग, २१ वटा बिद्यालयलाई ४२ थान डष्टविन तथा स्यानीटरी प्याड, ४ वटा वाल क्लबलाई बाल बैठकको लागि सामग्री प्रदान, ९ वटा छलफल केन्द्र सञ्चालन, १२ वटा बिद्यालयका शिक्षकलाई शिक्षण सिकाईको तालिम, बाल क्लबर्ला किशोरी स्वास्थ्य तथा वालविवहा न्यूनिकरण सम्बन्धि अभिमुखिकरण, विद्यालय व्यबस्थापन समिति र प्रअहरुलाई स्रोत पहिचान, परिचालन र पैरवी सीप विकासको अभिमुखिकरण, ८ वटा बिद्यालयमा वातावरण संरक्षणको लागि बृक्षारोपन, १८ वटा बिद्यालयलाई शिक्षाको अधिकारको बिषयमा अभिमुखिकरण, रणनीतिक बिद्यालय सुधार योजना अध्याबधिक गर्न सहयोग, न्यायीक समितिसंग छलफल, परियोजना सुझाब तथा अनुगमन समिति गठन लगायतका क्रियाकलाप गरिएको संयोजक चौधरीले जानकारी दिए ।
साथै यी कार्यक्रमबाट वाल विवहा न्यूनिकरण भएको, शिक्षकको सीपमा विकास भएको, न्यायीक प्रणालीमा सहज, भर्ना अभियानमा सहयोग, सिकाई उपलब्धीमा बृद्धि, विद्यालयमा कम्प्युटर प्रबिधिको विकास, विद्यालयमा आकर्षण, छात्रामैत्री शौचालय निर्माण, सचेतना प्रदान र समाजका कुसंस्कार अन्त्य गर्न रिफ्लेक्ट सेन्टरको भूमिका प्रभाबकारीभएको उनले जानकारी दिए ।
त्यस अवसरमा जिल्ला समन्वय समिति दाङका संयोजक जितेन्द्रमान नेपालीले शैक्षिक गुणस्तर सुधार गरेर बिद्यार्थीको संख्या बढाउनु पर्ने बताए । अहिले सरकारी बिद्यालयमा बिद्यार्थीको संख्या घट्दै गईरहेको भन्दै बिद्यालयको शैक्षिक गुणस्तर बृद्धि गरि बिद्यार्थीको संख्या बढाउन ध्यान दिनुपर्ने बताए । बिद्यार्थीको संख्या बृद्धि भएमा पूर्बाधार निर्माण गर्ने कूरा कुनै ठूलो नभएको उनको भनाई थियो । त्यसका लागि शिक्षकले आफ्नो भूमिका ईमान्दारि पूर्बक निर्वाह गर्नुपर्ने उनको भनाई थियो ।
त्यस अवसरमा शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले शैक्षिक सुधारका लागि शिक्षक, बिद्यार्थी र अभिभावक जिम्मेवार बन्नुपर्ने बताए । त्यस्तै दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले हामीले शिक्षा जस्तो सम्वेदनशील क्षेत्रलाई सबै एकजुट भएर बिकास गर्नुपर्ने बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।