मुख्य समाचार

बेपत्ता भएका नातिको खोजीका लागि हजुरआमा सञ्चार गृहमा

By थाहा अनलाइन

July 31, 2017

सुशिल बस्नेत दाङ,१६,साउन। गत माघ महिनादेखि बेपत्ता भएका नातिलाई खोजतलासका लागि सहयोग गरिदिन आग्रह गर्दै तुलसीपुर ६ की दुर्गा डाँगीको सञ्चार माध्यमको ढोका ढोका पुग्ने दिनचर्या झै भएको छ ।

२०७३ माघ १७ गते बिहान १० बजे बिहानदेखि घर छोडि बेपत्ता भएका १८ बर्षिय ऋषिराज डाँगी९शिशिर०को खोजीको पहलका लागि ६२ बर्षिया हजुरआमा सञ्चार संस्था धाउने गर्नुहुन्छ । महेन्द्र माबि कपडादेबिमा कक्षा ८ मा पढदै गरेको शिशिर एक्कासी घर छोडि गएदेखि अतोपत्तो नलागेको दुर्गाले बताउनुहुन्छ ।

जिल्ला प्रहरी कार्यालयमा शिशिर बेपत्ता भएको बताएकी दुर्गाले प्रहरीले खोजीका लागि पहल गरे नगरेको थाँह नै नभएको बताउनुभयो । उपचारका लागि नेपालगञ्ज गएका बखत नेपालगञ्जमा समेत होलीया बाँके प्रहरीलाई टिपोट गराएको उहाले जानकारी दिनुभयो । शिशिरकी आमाको मृत्यु भई सकेको,उसको आमाबाट एक वटा बहिनी हुनुहुन्छ भने आमाको मृत्यु पछि कान्छी आमा,एक छोरी हुनुहुन्छ । वुवा,कान्छी आमा,हजुर वुवा,हजुर आमा र दुई बहिनाका साथ शिशिर गोलौरामा बस्दै आउनुभएको थियो ।