प्रधानमन्त्रीद्वारा डडेलधुरा घटना प्रति दुःख व्यक्त



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार डडेल्धुरामा भएको बस दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

आज ट्वीट गर्दै प्रधानमन्त्री ओलीले डडेल्धुराबाट डोटीतर्फ जाँदै गरेको विद्यालय बस दुर्घटनामा परी १८ जनाको निधन र ठूलो सङ्ख्यामा यात्रु घाइते भएको खबरले आफू अत्यन्तै मर्माहत भएको बताउनुभएको छ । उनले दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जलि र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्