स्वास्थ्य केन्द्रका लागि ४३ प्रकारका आधारभूत उपचार उपकरण खरिद



सैघाली खबर
काठमाण्डौ,१६ साउन।
सरकारले देशभरका १ सय २० वटा प्राथमिक स्वास्थ्य केन्द्रका लागि ४३ प्रकारका आधारभूत उपचार उपकरण खरिद गरेको छ ।
ती उपकरण आफ्नो भवन भएका प्राथमिक स्वास्थ्य केन्द्रलाई आवश्यकता हेरी प्रदान गरिने स्वास्थ्य मन्त्रालय आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा। भीमसिंह तिनकरीले जानकारी दिनुभयो ।

उपचारका लागि आधारभूत उपकरण नभएको भन्दै चिकित्सक स्वास्थ्य केन्द्रमा जान आकाकानी गरेपछि १५ करोड रुपैयाँका आधारभूत उपकरण खरिद गरिएको उहाँले बताउनुभयो ।

प्रयोगशालाका उपकरण, सुत्केरी गराउने शैय्या, एक्सरे मेसिन, फ्रिज, रक्तचाप नाप्ने यन्त्र, ट्रली, सुत्केरी सामग्री, ड्रेसिङ सामग्री, बिरामी जाँच गर्ने साधन लगायत उपकरण खरिद गरिएको हो । एउटा प्राथमिक स्वास्थ्य केन्द्रले छ लाख ७० हजार ९ सय ३३ रुपैयाका ४३ प्रकारका उपकरणका प्राप्त गर्नेछन् । जसले गर्दा स्वास्थ्य केन्द्रहरुमा सजिलो हुने भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्