सविन प्रियासनको ‘लक्की चार्म’मा वेवोको मस्ती



साहित्यकार तथा पत्रकार सविन प्रियासनको ‘लक्की चार्म’को साराशं भिडियो रिलिज भएको छ । सैघाली खबरको युटुव च्यानल मार्फत आज शुक्रबार भिडियो रिलिज गरिएको हो ।

भिडियोको फिचरिङमा चर्चित मोडल वेवो आर्चाय छिन् भने शव्दमा स्वर नारिशा कँवरको छ । मंसिर महिनाको तेस्रो हप्तामा नोवेल बिमोचन गर्ने कार्यक्रम तय भएको साहित्यकार प्रियासनले जनाएका छन् ।

प्रियासनद्धारा लिखित पुस्तक तथा नोवेलहरु ‘पल्लवी’, ‘सहनशिला’, ‘सेल्फी’, ‘पुनरागमन’, ‘रोदन पछिको..’, ‘भुमरी’ आदि दर्शकहरुद्धारा निकै नै रुचाईएका पुस्तक हुन् ।

यस्तै चर्चित नायिका नम्रता श्रेष्ठको जिवन कहानिमा आधिरित ‘नोवेल नम्रता’ पनि प्रियाशनको प्रकाशनको तयारिमा रहेको पुस्तक हो । भिडियो हेरिसके पश्चात भिडियोमा समावेश शव्दहरुको तारिफ गर्नेहरु पनि उत्तिकै छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्