काठमाडौ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोली काठमाडौंमा आयोजना गर्न लागेको जनसभाको सम्प्ुर्ण तयारी पुरा गरेको छ । देशभरबाट नेता कार्यकर्ता काठमाडौ पुग्ने क्रम जारी रहेको छ । सर्वसाधारणलाई असर नपरोस् भनेर जनसभा भृकुटीमण्डपमा गर्न लागिएको पाल कम्युनिस्ट पार्टीले जनाएको छ ।यसअघि रत्नपार्कस्थित शान्तिवाटीका जनसभाको गर्ने भनिएको थियो । शान्तिवाटीकामा जनसभा गर्दा राजधानीको ट्राफिक अस्तव्यस्त हुने भएपछि नेकपाले कार्यक्रम स्थल परिवर्तन गरेको हो ।
शान्तिवाटीकामा कार्यक्रम गर्दा जमल, बागबजार, वीर अस्तापल, पुरानो बसपार्क हुँदै चल्ने सबै सवारी सधान प्रभावित देखिएपछि स्थान परिर्वतन गरेको जनाएको छ ।कार्यक्रलाई पार्टीका स्थायी समिति सदस्य तथा प्रवत्ता प्रकाण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै नेकपा मालेका महासचिव सीपी मैनाली, माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँती, नेकपाका अध्यक्ष ऋषि कट्टेलाई पनि जनसभालाई सम्बोधनका लागि बोलाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।