नेकपाको सचिवालय बैठक सकियो



काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ। सांगठनिक एकतामा केन्द्रित भएको बैठकमा प्रदेश कमिटीको टुंगो लगाउन गठित कार्यदलले पेश गरेको प्रस्तावमाथि शुक्रबार पनि छलफल भएको छ। त्यसमाथि आएका सुझावहरूलाई ध्यान दिई मापदण्डका आधारमा आवश्यक पुनर्विचार गरी प्रस्तावलाई तयार गर्ने टुंगो लागेको छुु बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

टुंगो लागेको प्रस्ताव स्थायी समितिमा निर्णयका लागि प्रस्तुत गरिने छ। बैठकले राजधानीमा बन्ने विभिन्न विशेष कमिटीलाई छुट्टै विशेष प्रदेश कमिटी बनाई त्यस मातहत परिचालन गर्ने निर्णय गरेको छ। बैठक भोलि ४ बजे पुनस् बस्ने छ।भोलिको बैठकमा सांगठनिक एकिकरणका सबै काम टुंगो लागाउने र स्थाई कमिटीमा प्रस्तुत गर्ने तथा पार्टी, सरकार र संसदको समीक्षा गर्ने लगायतका एजेण्डामा प्रवेश गर्ने प्रवक्ता श्रेष्ठले बताए। बैठक बिहीबारदेखि जारी छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्