डा। गोविन्द केसीले उठाएका माग सम्बोधन गर्ने आज पनि वार्ता



सैघाली खबर
काठमाण्डौ,१६ साउन।
११ औं पटक अनसनमा बसिरहेका डा। गोविन्द केसीले उठाएका माग सम्बोधन गर्नेबारे सोमबार पनि वार्ता हुँदैछ । डा। केसीको माग अनुसार त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानलाई कस्तो स्वरुपमा स्वायत्त बनाउने भन्नेबारे छलफल हुने भएको छ ।
संस्थानका डिनले स्वायत्ताबारेको खाका ल्याउने र यसबारे दुवै पक्षबिच छफफल हुने वार्ता समितिका संयोजक तथा शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

आफ्नो सुझाव र माथेमा प्रतिवेदनको सुझावसहित चिकित्सा शिक्षा ऐन तत्काल पारित, विगतका सम्झौता कार्यान्वयन, विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्बन्धी अधिकार आइओएममा फिर्ता लगायत माग गर्दै ११ औं पटक अनसन थालेको आठ दिन भएको छ ।
अनसनका कारण केही दिनदेखि डा। केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले जतिसक्दो छिटो डा। केसीले उठाएका माग पुरा गरेर अनसन टुंग्याउन निर्देशन दिनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्