समाचार

डा। गोविन्द केसीले उठाएका माग सम्बोधन गर्ने आज पनि वार्ता

By थाहा अनलाइन

July 31, 2017

सैघाली खबर काठमाण्डौ,१६ साउन। ११ औं पटक अनसनमा बसिरहेका डा। गोविन्द केसीले उठाएका माग सम्बोधन गर्नेबारे सोमबार पनि वार्ता हुँदैछ । डा। केसीको माग अनुसार त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानलाई कस्तो स्वरुपमा स्वायत्त बनाउने भन्नेबारे छलफल हुने भएको छ । संस्थानका डिनले स्वायत्ताबारेको खाका ल्याउने र यसबारे दुवै पक्षबिच छफफल हुने वार्ता समितिका संयोजक तथा शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

आफ्नो सुझाव र माथेमा प्रतिवेदनको सुझावसहित चिकित्सा शिक्षा ऐन तत्काल पारित, विगतका सम्झौता कार्यान्वयन, विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्बन्धी अधिकार आइओएममा फिर्ता लगायत माग गर्दै ११ औं पटक अनसन थालेको आठ दिन भएको छ । अनसनका कारण केही दिनदेखि डा। केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले जतिसक्दो छिटो डा। केसीले उठाएका माग पुरा गरेर अनसन टुंग्याउन निर्देशन दिनुभएको छ ।