साहरुख र अनुष्काको रोमान्स



डिसेम्बर २१ बाट रिलिज हुन लागेको चलचित्र ‘जिरो’मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ ।  ‘मेरे नाम तु’ बोलको गीतको भिडियो सार्वजनिक भएसँगै युटुबमा यसले हंगामा मच्चाएको छ । आनन्द एल राइको निर्देशनमा तयार भएको यो चलचित्रलाई गौरी खानले निर्माण गरेकी हुन् ।

हिमान्सु शर्माको लेखनमा तयार भएको चलचित्रको यो गीतमा अभय जोधापुरकारको स्वर, अजय–अतुलको संगीत, इर्शाद कामिलको शबद छ । युटुबमा गीतको २ मिनेटको मात्र भिडियो सार्वजनिक गरिएको छ ।

ट्रेलर सार्वजनिकसँगै चर्चामा रहेको यो चलचित्रको यो गीतले यसको हाइप अझै बढाउन पक्का छ । गीतको भिडियोमा नायक साहरुख खान र नायिका अनुष्का शर्मालाई फिचरिङ गरिएको छ । चलचित्रमा नायिका कट्रिना कैफको पनि मुख्य भूमिका छ । चलचित्रमा साहरुख होचो व्यक्तिको भूमिकामा देखिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्