मुस्ताङमा पल, नाजिर र बर्षाको रोमान्स



पल शाह, नाजिर हुसैन र बर्षा शिवाकोटी मुख्य भूमिकामा रहेको चलचित्र ‘वीर विक्रम २’ को हाल मनाङ र मुस्ताङका रमणीय स्थानमा धमाधम छायाँकन भैरहेको छ ।

केहीदिन अगाडी मस्ताङ पुगेको निर्माण टिम यतिबेला गीतको छायाँकन भैरहेको छ । छायाँकन चलिरहेको गीतमा चलचित्रका मुख्य कलाकार पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, विनिसा भण्डारीलाई फिचर्ड गरिएको छ ।

चाम्स इम्टरटेनमेन्ट र लण्डन सिने आईको सयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा अपर्ण सापकोटा सह निर्माताको रुपमा रहेका छन् । छायांकन चलिरहेको गीतमा करिब २३ लाख बराबरको बजेटमा तयार भैरहेको निर्माण टिमले बताएको छ।

रञ्जीत गजमेरको संगीत, कुसुम गजमेरको शब्द रहेको गीतमा तारा प्रकाश लिम्बु र मेलिना राईको स्वर छ ।

पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, विनिसा भण्डारीका , बुद्धि तामाङ, बालकलाकार मनिष लिम्बु, देशभक्त खनाल, शिशिर राणा, मनोज केसी, सन्तोष खनाल, क्षितिज शाक्य लगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई मिलन चाम्सले निर्देशन गर्दैछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्