कर्नाटकमा भएको दुर्घटनामा परी १५ जनाको मृत्यु



भारतको कर्नाटकमा भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। शनिबार भएको यात्रुवहाक बस दुर्घटनामा परी अन्य कैयौँ घाइते पनि भएका अधिकारीले जनाएका छन्। कर्नाटक राज्यको राजधानी बेङ्लुरुदेखि १०५ किलोमिटर टाढा घटना भएको बताइएको छ। दुर्घटना भएपछि बस नहरमा खसेको थियो। ती घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको समाचारमा जनाइएको छ। केही घाइतेकोको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीले अनुमान गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्