बीना को बोली गफमात्र भयो दशै मा भनेको खै



काठमाडौं, । ‘४५ दिनमा मेलम्चीको पानी काठमाडौंमा ल्याउने प्रयास हुनेछ’, खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ दिन अघि दिएको जवाफ हो, यो ।

मेलम्चीको पानी दशैंअघि नै काठमाडौंका घर–घरमा ल्याउने घोषणा गरेकी खानेपानी मन्त्री बिना मगरले क्याबिनेट बैठकमा कर्मचारी र ठेकेदारका कारणले काम भनेको समयमा पुरा नभएको, कर्मचारीले नटेरेको गुनासो गरेपछि प्रधानमन्त्री ओली आफैंले सचिव ठाकुरसँग यसबारे सोधेका थिए ।

अबको एक महिनामा मेलम्चीको पानी काठमाडौं झार्न कुनै पनि हिसाबमा सम्भव छैन । सचिव ठाकुरले ४५ दिनको वचन त दिए तर अहिले उनलाई पनि लाग्छ विविध समस्याका कारण भनेको समयमा पानी आउँदैन । आजभोली ठाकुरले भन्न थालेका छन्,‘मेलम्चीको पानी काठमाडौं ल्याउनेबारे समयसीमा तोक्न मिल्दैन ।’

सरकारमा मन्त्री नियुक्त हुनासाथ मन्त्री मगरले मेलम्चीको पानीलाई लक्ष्य बनाएकी थिइन् । र, उनको पहिलो घोषणा थियो– मेलम्ची दशैंअघि नै काठमाडौंका घर–घरमा पुराउने । हौसिएर मिडियाबाजीमा उत्रिएकी उनको लक्ष्यअनुसार काम हुन सकेन । त्यसपछि क्याबिनेटमा नै उनको गुनासो पुगेको थियो ।

मन्त्री मगरले मेलम्चीको पानीलाई भनेको समयमा पुरा गरी आफ्नो राजनीतिक लक्ष्यलाई बलियो बनाउने सोचेकी थिइन् । तर, असम्भव घोषणामा चिप्लिएका कारण अहिले मेलम्चीको पानीबारे उनी मौन रहने गरेकी छन् ।

के छ कठिन ?
मेलम्चीको साढ चार किलोमिटर सुरुङ ढलानको काम नै बाँकी छ । त्यसबाहेक पाइपलाइन विछ्याउने काम अधुरो छ नै त्यसको परिक्षणबारे पनि छलफल हुन सकेको छैन ।

सुरुङको काम सकियो भने पनि काठमाडौंमा पानी झरिहाल्दैन । सफा गर्नेदेखि अनेक उपकरण जोड्नुपर्छ र त्यसको परिक्षणसहित अनुगमनको बिषय पनि हुन्छ ।

लगालग काम गरे पनि यी काम सक्न कम्तिमा अझै दुई महिनाभन्दा बढी लाग्छ ।

सुरुङको काम सकिएपछि के हुन्छ ?
तत्काल सुरुङको काम सकिनासाथ एउटा विज्ञ समूहले अध्ययन गरी पानीको रिपोर्ट दिनेछ । त्यहि काम गर्नका लागि पनि लामो समय लाग्नसक्छ । अहिलेसम्म विज्ञ समूहका विषयमा नै कुनै टुंगो गरिएको छैन । एक अधिकारी भन्छन्,‘काम नै पूरा भएको छैन, विज्ञ टोली कसरी गठन गर्ने ?’

प्राविधिक काम भएकाले केही समय लाग्नसक्छ । पानी र जनताको स्वास्थ्यसँग जोडिएको विषय भएकाले यसलाई राजनीतिक मिसनका रूपमा सल्लाह नै नगरी प्रचार गरिएका कारणले अप्ठेरो परेको अधिकारीहरू बताउँछन्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्