महिला हिंसा विरुद्धको १६ दिवसीय अभियान आज देखि



दाङ । महिला हिंसाविरुद्धको १६ दिने अभियानदाङ सहित देशभर आज देखि सुरु भएको छ । राष्ट्रिय महिला आयोगले आज देखि २५ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी कार्यक्रम मनाउँन लागेको हो ।अभियान अवधिको दुई दिनसम्म सातै प्रदेशका, प्रदेशसभा सांसद, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सामाजिक विकास मन्त्रालयका मन्त्री, सचिव र सरोकारवाला निकायसँग अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिनेछ ।लैङ्गिकताको आधारमा हुने सबै प्रकारका हिंसा र अपराधलाई अन्त्य गर्दै महिला तथा पुरुषबीच रहेको असमानता हटाई बालिका, किशोर, वयस्क र वृद्धा महिलालगायत सबै लिङ्गका मानिसलाई बिना भेद्भाव सम्मानित जीवनयापन गर्न सक्षम तुल्याउने उद्देश्यले सो अभियान आयोजना गरिएको हो । सन् १९९१ देखि शुरु भएको लैङ्गिक हिंसाविरुद्धको अभियान प्रत्येक वर्ष नोभेम्बर २५ तारिकदेखि शुरु भई डिसेम्बर १० तारिकका दिन सम्पन्न हुने गरेको छ । यस वर्षको अभियानको नारा ‘लैङ्गिक हिंसा र दुव्र्यवहारः छैन हामीलाई स्वीकार’ भन्ने रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्