कर्मचारीविचको बिभेद हटाउन माग



दाङको घोराही उप महानगरपालिकामा कार्यरत स्थानिय निकाय अन्तरगतका कर्मचारीले निजामती कर्मचारी र स्थानिय निकायका कर्मचारीविचको बिभेद हटाउन माग गरेका छन् । नेपाल नगरपालिका कर्मचारी एशोसियन घोराही उप महानगरपालिका इकाई समितिको आयोजनामा शनिवार घोराहीमा आयोजना गरेको बृहत भेलामा बोल्ने बक्ताहरुले स्थानिय निकायका कर्मचारीलाई सरकारले सौतेनी व्यवहार गर्ने गरी निजामती कर्मचारी समायोजन बिधयक ल्याउन लागेको भन्दै कडा रुपमा बिरोध जनाएका छन ।

उप महानगरपालिकामा जनताको बढि भिडभाड र चासो रहने योजना,राजश्व,फोहोरमैला,घरनक्सा तथा वडा तहमा अधिकांस स्थानिय तहका कर्मचारीले धानेको भन्दै बक्ताहरुले जिम्मेवारी दिदा निजामती र आफुहरुविच बिभेद गर्न नहने बताएका छन । सो अवसरमा उप महानरगपालिका सहकारी तथा रोजगार प्रवर्दन शाखाका प्रमुख प्रेम केसी,राजश्व शाखा प्रमुख कृष्ण केसी,योजना शाखाका बिरबहादुर वली लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सजजीकरण वडा नम्वर १४ का सचिव तिलकराम डिसीले गर्नुभएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्