आमालाई दुव्र्यसनीसम्बन्धी प्रशिक्षण



यहाँका करीब एक सय बढी आमालाई लागुऔषध सेवन गरेको थाहा पाउने विषयमा प्रशिक्षण दिइएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र दाङ र नार्कोनानले दाङका १० वटै स्थानीय तहका महिलालाई सहभागी गराएको थियो ।

कार्यक्रममा सहभागी आमालाई नार्कोनानका दक्षिण एशिया संयोजक तथा नेपाल पूर्वप्रहरी सङ्गठनका अध्यक्ष वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुँवरले प्रशिक्षण दिएका थिए । लागुऔषध केलाई भन्ने, लागुऔषध सेवन गरेका व्यक्ति थाहा पाउने उपाय, घर समाजमा लागुऔषध दुव्र्यसनी पस्नै नदिने उपाय तथा लागुऔषध दुव्र्यसनीमा फसिसकेकालाई उपचारात्मक अभ्यासका विषयमा प्रशिक्षण दिएका थिए ।

उनले लागुऔषध दुव्र्यसनीमा माया, दया, प्रेम र अर्काको बारेमा सोच्ने अनुभूतिलाई नै समाप्त पार्ने बताउंँदै दुव्र्यसनीमा निर्णय गर्ने शक्ति नै गुमाइसकेको हुने उल्लेख गरे । पछिल्लो समयमा रक्सी सबैभन्दा डरलाग्दो दुव्र्यसन भएको उल्लेख गर्दै गाँजा, अफिम, निद्रा लाग्ने औषधि, एलर्जीका औषधि, दुखाइ कम गर्ने औषधि, खोकीका औषधि तथा डिप्रेशनका औषधि पनि लागुऔषध भएको उल्लेख गर्दै यसमा सचेत रहन आमाहरुलाई सुझाव दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्