पूजा चन्दसँग गोकर्ण विष्टको गोप्य साँठगाँठ, यसरी खोलियो राज



काठमाडौं । श्रम तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले पूजा चन्द नामक महिलालाई फाइदा पुर्‍याउने उदेश्यका कारण मलेसियामा वैदेशिक रोजगारी बन्द गरेको खुलासा भएको छ ।

नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले पूजा चन्द नाम गरेकी महिलालाई मलेसियाको रोजगारी एकलौटी रुपमा दिएर फाइदा पु¥याउने चलखेल गरेको बताए । ‘जनता जान्न चाहन्छन्’ नामक टेलिभिजन कार्यक्रममा नेता खतिवडाले मन्त्री विष्टले मलेसियामा रोजगारी बन्द गरेर नेपाली युवाहरूप्रति अन्याय गरेको बताए ।

‘हाम्रा श्रममन्त्री गोकर्ण विष्ट पूजा चन्द नाम गरेकी महिलासँग पार्टी गरेर बस्नु हुन्छ । पूजा चन्दलाई मलेसियाको काम दिनका लागि चलखेल गर्नुभएको छ । मसँग प्रमाण छ’, कांग्रेसका नेता खतिवडाले भने, ‘एउटी महिलासँग मन्त्रीको किन यति धेरै साँठगाँठ ?’ पूजा चन्द नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशककी छोरी हुन् ।

मन्त्री विष्टले वैदेशिक रोजगारीमा बद्मासी गर्ने आफ्नो पार्टीका व्यवसायीहरूलाई छुट दिने गरेको खतिवडाले आरोप लगाए । ‘आफ्ना व्यवसायीलाई छाड्ने’, उनले भने, ‘कांग्रेस निकटका व्यवसायीहरूलाई थुन्ने ? यस्तो अन्याय गर्न पाइन्छ ?’

श्रममन्त्री विष्टले मलेसियासँगको श्रम सम्झौता खारेज गरेका कारण एक वर्षदेखि नेपाली कामदारहरू मलेसिया जान पाएका छैनन् ।रिपब्लिका दैनिक साभार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्