मुटुरोग अस्पताल सञ्चालन गर्न रोटरीको पहल



दाङ । रोटरी क्लव अफ दाङले घोराहीमा मुटु रोगको उपचारका लागि पहल थालेको छ । रोटरी क्लव अफ दाङले घोराहीमा एक कार्यक्रमको आयोजना गरि मुटु रोगका बिरामीहरुको उपचारका लागि क्याथ ल्याव स्थापना गर्न पहल थालेको जानकारी दिएको छ ।

क्लबका अध्यक्ष डां निरन्जन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका निर्देशक डां ऋतु बरालले मुटु रोग अस्पताल सञ्चालनका लागि भवन र चिकित्सकको व्यवस्था गर्ने प्रतिबद्धता जनाए भने अध्यक्ष डांं आचार्यले आबस्यक उपकरणहरुको व्यवस्था गर्ने बताए । करिब साढे ६ करोड रुपैयाँको यो आयोजना सम्पन्न गर्नका लागि रोटरीले सबै पक्ष सँग साथ सहयोगको अपिल समेत गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी रोटरीयन डिष्ट्रीक गभर्नर इलेक्ट किरणलाल श्रेष्ठले मुटु रोग अस्पताल सञ्चालन गर्नका लागि आबस्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । डा। समिर आचार्य र डा। गगन न्यौपानेले मुटु रोगको अस्पतालको आबस्यकताका बिषयमा १५ दिने अध्ययन प्र्रतिबेदन पेश गर्नुभएको छ । मुटु रोगका बिरामीहरु बढ्दो अबस्थामा रहेको र उपचार नै नपाएर ज्यान गुमाउनु पर्ने अबस्था देखीको उनीहरुले प्रतिबेदनमा उल्लेख गरे । कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेले मुटु रोगीहरुका लागि अस्पताल अबस्यक रहेको भन्दै आबस्यक सहजीकरण तथा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

पोखरा देखी धनगढी सम्मका १२ वटा रोटरी क्लवका पदाधिकारीहरुको उक्त रोटरीको अन्तर शहर बैठक सम्पन्न भएको हो । बैठकको सहकीरण रोटरीका पूर्ब अध्यक्ष सनतकुमार श्रेष्ठले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्