लाइसेन्स आवेदन अझै अवरुद्ध



सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आइतवार पनि सेवाग्राहीले भर्न पाएनन् । शुक्रबार खुला गरिएको केही छिनमै विभागको सरबर डाउन भई सफ्टवेयरले काम नगरेपछि देशभरका अनलाइन फारामको आवेदन आइतवार पनि अवरुद्ध भएको हो ।
दशैंअघि बन्द गरिएको नयाँ आवेदन चाडपर्व सकिएपछि खुला गरिएको थियो । यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले भन्नुभयो, ‘आइतवार पनि काम हुन सकेन । एकैचोटी एक लाखसम्मले आवेदन भरेका छन । ओभरफ्लो भएर दिनभरि काम भएन । क्षमता थप गर्ने काम भएको छ । यसको समाधान छिटै हुन्छ ।’
बीचमा आवेदन वन्द गरिएको हुँदा अहिले एकैपटक सबैले फारम भरेकाले ओभरफ्लो भएको विभागले जनाएको छ । दैनिक लाइसेन्सको माग बढ्नुका साथै लिखित परीक्षामा उत्तीर्ण गरी ट्रायलमा अनुत्तीर्ण भई पुनः ट्रायल दिनेहरूको सङ्ख्या बढेपछि नयाँ आवेदन बन्द गरिएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्