एक दाम्पत्य जोडीले एकै दिन पासो लगाएर आत्महत्या गरे



एक दाम्पत्य जोडीले एकै दिन आत्महत्या गरेका छन् । पाल्पा जिल्लाको माथागढी गाउँपालिका ५ बस्ने ६५ बर्षिया हरिकला सारु र उनका श्रीमान् ७६ बर्षिय पुर्ण बहादुर शारुले एकै दिन आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी विनोद घिमिरेले जानकारी दिएका छन् । प्रहरीका अनुसार श्रीमान् श्रीमतीले एकै दिन पासो लगाएर आत्महत्या गरेका हुन् । डिएसपी घिमिरेका अनुसार सोहि ठाउँको गोयलुङ जंगलमा गएर खनियाको रुखमा डोरीको पासो लगाएर श्रीमतीले पहिले आत्महत्या गरेको र त्यस पछि उनका श्रीमान् पनि सो डोरीको प्रयोग गरि भुन्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
घटना आईतवार दिउँसो साढे दुई वजेतिर भएको बताईएको छ । प्रहरीका अनुसार मृतक दाम्पत्यका एक छोराको केहि समय अगाडी निधन भईसकेको छ । उनीहरु बस्दै आएको घरमा हाल एक बुहारी र नातिनातिना रहेको बताईएको छ ।
मृतकका शवलाई पोष्टमार्टमका लागी जिल्ला अस्पतालमा राखीएको छ । सोमवार पोष्टमार्टम गर्ने तयारी भईरहेको छ ।उनीहरुले आफनो छोराको निधन भएकै कारण पिडा सहन नसकेर डिपप्रेसन हुदा घटना घटेको होकी भन्ने आंसका गरे पनि घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्