दीपिकालाई उछिन्ने प्रियंकाको ध्येय, बिहेमा मोदीलाई निम्तो



बलिउड अभिनेत्री प्रियंका चोपडा जसरी पनि आफ्नो बिहेलाई चर्चित बनाउन चाहन्छिन् । हालै मात्रै आफ्नी प्रतिस्पर्धी दीपिका पादूकोणको बिहेको जति चर्चा भयो, त्यसलाई उछिन्ने उनको एक मात्र ध्येय छ । दीपिका र प्रियंकाको बिहेमा केही फरकपन हुनेछन् ।

दीपिकाले इटली पुगेर लगनगाँठो कसेकी थिइन् भने प्रियंका भारतकै जोधपुरमा बिहे गर्दैछिन् । दीपिकाका दुलाहा बलिउडकै हिरो थिए भने प्रियंकाले अमेरिकी दुलाहा रोजेकी छिन् ।

आफ्नो बिहेलाई अन्तर्राष्ट्रिय चर्चा दिलाउनका लागि प्रियंकाले नयाँ उपाय निकालेकी छन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बिहेको निम्तो गरेकी छन् । मोदीलाई निम्तो कार्ड दिन प्रियंका हुनेवाला दुलाहा निकलाई लिएर प्रधानमन्त्री निवास पुगेकी थिइन् ।

उनीहरुले मोदीलाई भेट्न पाए कि पाएनन् भन्ने खुलेको छैन । तर, निम्तो कार्ड चाहिँ मोदीकोे हातमा पुगिसकेको छ ।यसअघि एकाध पटक प्रियंकाले मोदीलाई भेट्ने अवसर पाएकी थिइन् । त्यही आधारमा उनले मोदीलाई आफ्नो बिहेमा डाकेकी हुन् ।

मोदीले बिहेमा जाने वा नजाने निर्णय लिइनसकेको बताइएको छ । प्रियंकाको बिहेको मिति औपचारिक घोषणा भएको छैन । तर, मिडियाहरुले १ र २ डिसेम्बरमा बिहे हुने दावी गरिरहेका छन् ।

पहिलो दिन हिन्दू परम्पराअनुसार र दोस्रो दिन क्रिस्चियन परम्पराअनुसार बिहे हुनेछ । बिहेको लागि निक जोनसको परिवार भारत आइसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्