सर्वाेच्चको फैसलापछि भरतपुरमा कांग्रेस नेताको कार्यकर्तालाई कडा निर्देशन



सैघाली खबर,
चितवन, १६ साउन । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले चितवनको भरतपुर महानगरपालिका वडा नं १९को चुनावी प्रक्रियामा पार्टीको निर्णयअनुसार अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा नेपाल प्रेस युनियन चितवन शाखले आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले पार्टीको निर्णयअनुसार कार्यकर्तालाई परिचालित हुन निर्देशन दिएका हुन् ।

नेता केसीले लोकतान्त्रिक पार्टीमा केही मतभेदहरु हुने भए पनि पार्टीको संस्थागत निर्णय अनुसार सबै चल्नुपर्ने धारणा व्यक्त गरे । ‘भर्खरै सर्वोच्च अदालतको निर्णय आएको छ, सो निर्णयलाई सबैले शिरोधार्य गरेर अघि बढ्नुपर्छ, नेपाली काँग्रेस स्वतन्त्र न्यायपालिकाको पक्षमा छ,’ उनले भने ।

नेता केसीले एमालेलाई सहजीकरण गर्न र माओवादीलाई शान्तिपूर्ण तथा लोकतान्त्रिक प्रक्रियामा ल्याउन काँग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि बताए ।

पार्टी भित्रको कमजोरीलाई विश्लेषण गरेर सुधार्नुपर्ने, स्थानीय निकायको निर्वाचनको परिणामलाई चिन्तन गरेर अगाडि बढ्न सक्नुपर्ने र अझै दुईवटा निर्वाचन बाँकी रहेकाले पार्टीको एकता मजबुद पार्नुपर्नेमा नेता केसीले जोड दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्