स्थापना दिवश र साधारण सभाको अबसरमा पत्रकार महासंघ दाङमा कसलाई के जिम्मेवारी ?



घोराही । नेपाल पत्रकार महासंघ दाङले आगामी पुस १ गते देखि ४ गते सम्म २६ औं स्थापना दिवश तथा साधारण सभाको अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ ।

महासंघ दाङको आज घोराहीमा बसेको बैठकले स्थापना दिवश तथा साधारणसभाको अवसरमा सञ्चारकर्मीहरुलाई विभिन्न पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ । जसका लागि प्रतिभा छनोट गर्न अध्यक्ष सविन प्रियासनको संयोजकत्वमा महासंघका निर्वतमान केन्द्रीय सदस्य अजयदीप शर्मा र महासंघ दाङका निर्वतमान अध्यक्ष तथा वर्तमान सल्लाहकार सुदीप गौतम सदस्य रहेको छनोट समिति गठन गरिएको छ ।

त्यसैगरी प्रभातफेरी कार्यक्रमलाई व्यवस्थित गराउन अध्यक्ष प्रियासनकै संयोजकत्वमा सदस्यहरु पाण्डव शर्मा, केशरमान विसी, देव यादव र सविता चौधरी सदस्य रहेको उपसमिति गठन गरिएको छ ।

त्यसैगरी पुरस्कार वितरण तथा सम्मान कार्यक्रमको व्यवस्थापन गर्न प्रियासनकै संयोजकत्वमा सचिव भुपेन्द्र वली, कोषाध्यक्ष आरके शितल, सदस्यहरु भरतराज शर्मा र राकेश बस्नेत सदस्य रहेको उपसमिति, महिला विशेष कार्यक्रम गर्नका लागि उपाध्यक्ष लिला शाहको संयोजकत्वमा सहसचिव शर्मिला डिसी, सदस्यहरु नारायण भण्डारी र सविता चौधरी सदस्य रहेको उपसमिति गठन गरिएको छ ।

साधारणसभामा सांगठनिक प्रतिवेदन पेश गर्न सचिव भुपेन्द्र वली र आर्थिक प्रतिवेदन पेश गर्न कोषाध्यक्ष आरके शितललाई जिम्मा दिइएको छ । मञ्च व्यवस्थापनको जिम्मा सहसचिव गोकर्ण पौडेल, सदस्यहरु जनक नेपाली र लिलाधर ओलीलाई दिइएको छ ।

त्यसैगरी स्वागत सत्कारको जिम्मा उपाध्यक्ष लिला शाह, सहसचिव शर्मिला डिसी, सदस्यहरु सविता चौधरी, नारायण भण्डारी र नविन अभिलाशिलाई दिइएको छ ।

भोजन व्यवस्थापनको जिम्मा कोषाध्यक्ष आरके शितल, सदस्यहरु केशरमान विसी, भरतराज शर्मा र देव यादव, प्रमाणपत्र तयारीको जिम्मा सचिव भुपेन्द्र वली सदस्यहरु पाण्डव शर्मा, नविन अभिलाशि र प्रेम विवश घर्तीलाई दिइएको छ ।

स्वयंसेवक परिचालनको जिम्मा सदस्य पाण्डव शर्मा, प्रेमविवश घर्ती र शिव घर्तीलाई दिइएको छ ।

बैठकले कार्यसमित सदस्य राकेश बस्नेतका बुवा मिनबहादुर बस्नेत, साधारण सदस्य राजेश चौधरीका वुवा जञ्जिरी चौधरी र साधारण सदस्य अमरराज आचार्यका बुवा मनिराम आचार्यको बुवाको हालै निधन भएकोमा दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेको छ । बैठक अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्