लक्ष्मणको २९ घण्टा सम्म पनि खोजीकार्यजारी के के गरियो (फोटो फिचर)



दाङ । पानीका डुवेका घोराही उपमहानगरपालिका १५ का लक्ष्मण डिसीको २९ घन्टा सम्म पनि खोजिकार्य जारी रहेकोे छ । घोराही उपमहानगरपालिका १७ गुलरिया स्थित पानीको ड्याममा डुबेर लक्ष्मण वेपत्ता भएका थिए । नुहाउँन गएका १८ बर्षीय डिसीको अहिले खोजी कार्यजारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ड्याममा पानीको मात्रा अत्याधिक हुदा खोज्न समस्या भएको जिल्ला प्रहरी कार्यालय दाङका डि.एस.पी. रामप्रसाद घर्तीले जानकारी दिनुभयो । पानीको ड्याम डोजर लगाएर फोडिएको छ । लक्ष्मण आईतवार बेलुका तीन बजे बेपत्ता भएका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्