तीस घण्टाको खोजिकार्य असफल–कुरिनटारको गोताखोर आईपुग्यो



दाङ । पानीका डुवेका घोराही उपमहानगरपालिका १५ का लक्ष्मण डिसीको ३० घण्टा सम्मको खोजिकार्य असफल भएको छ । आईवार वेलुका तीन बजे वेपत्ता भएका उनको आजदिन भरको प्रयास असफल भएको थियो । घोराही उपमहानगरपालिका १७ गुलरिया स्थित पानीको ड्याममा डुबेर डिसी वेपत्ता भएका थिए । आज बेलुका ८ बजे सम्म उनि फेला नपरे पछि गृह मन्त्रालय मार्फत शशस्त्र प्रहरीको दुई सदस्य गोताखोर टोली दाङ आएको दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

कुरिनटार आएका गोताखोरको टोलीले भोली बिहान ८ बजे देखि खोजी कार्यसुरु गर्ने प्रजिअ श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामा भएका सम्पूर्ण टोली परिचालन गरिएको वताउँदै त्यसले सम्भव नभएपछि लक्ष्मणको खोजी गर्न गोताखोर झिकाएको वताउँनुभयो । ड्याममा पानीको मात्रा अत्याधिक भएपछि पानीको ड्याम डोजर लगाएर फोडिएको थियो । यस्तै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले घटनालाई अति रंञ्जित नबनाउँन आग्रह गर्नु भएको छ । यस घटनाले आफु अत्यन्तै दुखित भएको बताउँदै सबैलाई संयमता अपनाउँन समेत आग्रह गर्नु भएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्