चिर्पटले हानेर श्रीमानले गरे श्रीमतीको हत्या



जिरी नगरपालिकामा श्रीमानको कुटाइबाट श्रीमतीको ज्यान गएको छ । सोमबार साँझ ५ बजे जिरी नगरपालिका वडा नं. ९ ठूलोपातल बस्ने ३५ वर्षका तस्बिर तामाङको कुटपिटबाट श्रीमती ३३ वर्षीया राममाया तामाङको ज्यान गएको हो ।

तस्बिर तामाङले आफ्नै श्रीमतीलाई काठको चिर्पटले शरिरको विभिन्न भागमा प्रहार गरेका थिए । उनको कुटपिटबाट श्रीमतीको ज्यान गएको दोलखाका प्रहरी निरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

हत्याका अभियुक्त तामाङ फरार रहेको र खोजी भैरहेको प्रहरीले जनाएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्