अन्तर्राष्ट्रिय

कारले ठक्कर दिँदा बाटो हिँडिरहेका सात जनाको ज्यान गयो

By थाहा अनलाइन

November 27, 2018

दक्षिणपश्चिमी चीनको एक शहरमा एक कारले ठक्कर दिँदा बाटो हिँडिरहेका कम्तीमा पनि सात जना बटुवाको मृत्यु भएको छ । दक्षिणपश्चिमी चीनको लेसान शहरमा मङ्गलबार बिहान दुर्घटना भएको हो ।

सडकमा गुडिरहेको कार अकस्मात सडक किनाराबाट आफ्नो बाटो हिँडिरहेका नागरिकलाई ठक्कर दिन पुगेको थियो । यसरी कार अकस्मात बटुवाहरुको भिडतर्फ लागेपछि यसले ठक्कर दिई सात जनाको घटनास्थलमै निधन भएको बताइएको छ ।

यस दुर्घटनामा परि अरु चार जना नराम्ररी घाइते भएका छन् । उनीहरुलाई नजिकैको अस्पताल पुर्‍याइएको छ । एक कारले बाटो काटिरहेका बालबालिकालाई हान्दा सात जनाको ज्यान गएको घटनाको केही दिनपछि यो अर्को दुःखद घटना भएको चिनियाँ प्रहरीले जानकारी दिएको छ ।

मङ्गलबार बिहान दुर्घटना गराउने कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । दुर्घटनाको कारण के हो भन्ने बारेमा केही बताइएको छैन । प्रहरीले विज्ञप्ति प्रकाशन गरेर घटना के कसरी हुन पुगेको हो भन्ने बारेमा अनुसन्धान सुरु भएको जनाएको छ ।