श्रमिक र रोजगारदाता दुबैका लागि आज दिन महत्वपूर्ण-विष्ट



श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमिक र रोजगारदाता दुबैका लागि आज महत्वपूर्ण दिन भएको बताएका छन् ।
सरकारले हरेक वर्ष मंसिर ११ लाई सामाजिक सुरक्षा दिवसका रुपमा मनाउने उनको भनाइ छ ।

मंगलबार प्रज्ञा भवनमा आयोजित सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा मन्त्री विष्टले आफ्नो भविष्य निश्चिन्त भइ श्रम गर्न पाउने वातावरण बनेको बताए । ‘रोजगारदाताले पनि ढुक्कसँग लगानी गर्ने वातावरण बनेको छ’, उनले भने ।

मंगलबारदेखि लागू भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले श्रमिक र प्रतिष्ठान दुवैको योगदान बढ्न गइ राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्ने उनको विश्वास छ ।

यस्ता योजनाले श्रमिक र तिनका परिवारको भविष्य सुरक्षित पार्ने मन्त्री विष्टको दाबी छ । ‘विगतको जस्तो असुरिक्षत अवस्थाको अन्त्य गर्दै सुरक्षित भविष्य आरम्भ भएको छ, यसले सुखद परिवर्तन ल्याउनेछ’, उनले भने ।

योजना लागू भएसागै श्रमिक वर्ग र रोजगारदाताबीच मर्यादित वातावरण बन्ने श्रम मन्त्री विष्टले बताए ।

पहिलो चरणमा प्रतिष्ठानहरुमा कार्यरत श्रमिकहरु यो योजनामा सूचिकरण भइ लाभ लिन सक्ने उनले जानकारी दिए ।

स्वरोजगारमा रहेका व्यक्ति, अनौपचारिक क्षेत्रमा शारीरिक र बौद्धिक श्रम गर्ने श्रमिकलाई पनि यो योजनाको दायराभित्र समेट्नेले उनले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्