फलको राजा किवी, यस्तो छ यस्को महत्व र आम्दानिको पाटो



तिलक के.सी.

नेपालको पूर्वी पहाडमा गरिदै आएको किवी खेतीको विस्तार पश्चिमी पहाडमा पनि सुरु भएको छ । फलको राजाको रुपमा लिइदै आएको किवीको माग देश विदेशमा बढ्न थालेपछि पश्चिमी पहाडमा किवीको खेती विस्तार हुँदै गएको हो ।

पश्चिमी पहाडमा किवीको खेती राम्रो फस्टाउन थालेपछी रोल्पा गंगादेब गाउपालीका ३ का इन्द्र बहादुर खत्रीले ‘किवी फलफुल नर्सरी फर्म’ संचालन गरेका छन् । २८ वर्ष अगाडि भारतबाट ल्याएर रोपेको विरुवा फल्न थालेपछि आफू व्यवसायीक किवी खेतीगर्न लागेको उनको भनाई छ ।

 उनको फर्ममा अहिले ३९ रोपनी जमिनमा  किवीका १००० बोटहरु छन् जसमा ५० बोटहरु फलेका छन् भने अरु फल्ने अबस्थामा छन।किवी राम्रो उत्पादन हुने देखेपछि यतिबेला गंगदेबका अन्य ठाउँहरुमा पनि यो खेति सुरु गरिएको छ । गत साल मात्र गंगादेब ३ र ४ मा ६ हजार बिरुवा वितरण गरिएको थियो ।

यो बर्ष १० हजार बिरुवा को माग गरिएको छ ।अहिले एउटा बिरुवाको ११० रुपैया पर्छ । गाउँपालिकाको कृषि शाखा सँग समन्वय गरेको र यदि अनुदान दिएमा प्रति बिरुवा ६० रुपैयाँ सम्म पर्न जाने उनको भनाई छ ।

उनले आफ्नो फर्मबाटै ४०० रुपैया प्रति किलो किवी बिक्रि गरिरहेका छन । अहिले काठमाडौं, दाङ, सुर्खेत र रोल्पाबाट अत्याधिक किविको माग भइरहेको छ । अहिले फलेको बोटबाट दुईलाख आम्दानी हुने र सबै बोट फलेमा बिसलाख भन्दा बढी आम्दानी हुने उनको आकलन छ ।

किवी तत्काल बजार नपाए कुहिएर जाने गोलभेडा खेति जस्तो नभएकाले पुस लागे पछि टिपेर राखेर एक डेढ महिना पछि बिक्री गरेर खान पनि सकिन्छ ।

यदि बजारनै पाएन भने जुस बनाउन समेत सकिन्छ जसको लागि जुस फ्याक्ट्री खोल्नुपर्ने हुन्छ फ्याक्ट्री खोल्नकोलागि सरकार संग निबेदन दिएको र सरकारले फ्याक्ट्री नखोले पनि आफै फ्याक्ट्री खोल्ने योजना उनले बनाएका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्