कोरिया–अमेरिका युद्ध भए अवस्था कस्तो होला ? विश्लेषकहरु भन्छन्–पहिलो दिन बीसौ लाख मारिन सक्छन्



कोरियाली प्रायद्वीपले पहिले पनि युद्ध झेलिसकेको छ। सन् १९५० मा उत्तर कोरियाका वर्तमान सर्वोच्च नेता किम जोंग उनका हजुरबा किम इल सुंगले दक्षिण कोरियामाथि आक्रमण गर्ने निर्णय गरेका थिए ।अमेरिकाले यो विषयमा युद्ध रोक्न मध्यस्थाता पनि गरेको हो । तनाव तीन वर्षसम्म जारी रह्यो र यसबाट जनधनको ठुलो क्षति भयो ।
केही दशकपछि अहिले यो प्रायद्वीपमा पुनः तनावको वातारण देखिएको छ। परमाणु परीक्षण गरेर किम जोंग उन अन्तर्राष्ट्रिय समुदायलाई चुनौति दिइरहेका छन् । यही महिनाको सुरुवातमा उत्तर कोरियाले सफल इन्टर कन्टिनेन्टल ब्यालेस्टिक मिसाइल परीक्षण ग¥यो र यो मिसाइलले अमेरिकाको अलास्कासम्म मार हान्न सक्ने दावीसमेत गरेको छ।
त्यसको लगत्तै अमेरिकी विदेशमन्त्रीले यो परीक्षणको कडा निन्दा गरे र भने–यो मिसाइल परीक्षण गरेर अमेरिका, हाम्रा सहयोगी र यस क्षेत्र र समस्त दुनियालाई खतरा बढाएको छ।


विशेषज्ञहरुका अनुसार आगामी तीन वर्षभित्र उत्तर कोरियाले यस्ता मिसाइल बनाउनेछ जसले अमेरिकाको लस एन्जल्स सहरसम्म पुग्ने क्षमता राख्नेछ ।
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चेतावनी दिदै तनाव जारीरहे उत्तर कोरियासँग ‘एउटा ठुलो संघर्ष’ को सम्भावना रहेको बताएका छन् । यदि यो प्रायद्वीपमा जारी तनावको स्थिति बढ्यो भने के होला ? विशेषगरी त्यतिबेला जतिबेला विश्वका ठुला परमाणु शक्तिहरुको रुची यो प्रयाद्वीपमा छ ?
उत्तर कोरियाको पहिलो युद्ध


सन् १९५० मा कोरियाको युद्ध सुरु भयो । त्यतिबेला विश्वको महाशक्ति अमेरिका र सोभियत संघ द्वितीय विश्वयुद्धपछि विश्वका कयौ देशजस्तै पुनर्गठनमा लागेका थिए । प्रायद्वीपको उत्तर भागमा सोभियत संघले कब्जा गरेको थियो ।जबकि अमेरिकाले दक्षिणी भागमा सैन्य सहयोग गरिरहेको थियो ।
जुन २५ मा सोभियत संघ र चीनको समर्थनसहित उत्तर कोरियाले दक्षिण कोरियामाथि धावा बोल्यो। अमेरिकाले कम्युनिष्टहरुको आक्रमण’ को सामना गर्नका लागि दक्षिण कोरियामा आफ्नो सेना पठायो ।
अमेरिकी सहयोगमा दक्षिण कोरियाको राजधानी सिउललाई दुई महिनाभित्र मुक्त पनि गराइयो । तर, प्रायद्वीपलाई एक गर्नका लागि अमेरिकाको आफ्नो सेना उत्तर कोरियातर्फ पठाउने निर्णयको चीनबाट कडा विरोध भयो ।


सबै पक्ष एटम बम र परमाणु बमको कुरा गर्न लागे । चाँडै नै कोरिया प्रायद्वीपलाई एक गर्न सुरु गरिएको अभियान तेस्रो (परमाणु) विश्वयुद्ध बन्ने अवस्थामा पुग्यो ।
तीन वर्षको तनावपछि अवस्था शान्त भयो । त्यो पनि कुनै औपचारिक शान्ति सम्झौताबिना । यो क्षेत्रमा बाँकी जे बचेको थियो त्यो थियो विध्वंश ।
अमेरिकी गुप्तचार एजेन्सी सीआइएमा कोरिया मामिलासम्बन्धी जानकार सू टेरी भन्छिन्–लाखौं कोरियाली नागरिक मारिए, करिब एक लाख बालिबालिका अनाथ भए, एक करोड मानिस विस्तापित भए ।
उनी भन्छिन्–प्योङयाङ पूर्णरुपमा ध्वस्त भइसकेको थियो, एउटा पनि भवन बचेको थिएन, जुन सही सलामत देखिन्थ्यो।
फेरि एउटा युद्ध भयो भने….
२७ जुलाई १९५३ मा दुवै पक्षबीच अस्थायी रुपमा युद्धविराममा हस्ताक्षर गर्ने निर्णय भयो। तर भन्ने हो भने अहिले ६४ वर्षपछि पनि दुई देश युद्धजस्तै अवस्थामा उल्झेका छन् । यस क्षेत्रमा शत्रुता बढ्दो छ । उत्तर कोरियाली नेता किम जोंग उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच तनाव बढिरहेको छ । यस विषयमा जानकारहरु सामान्य चुुक मात्र भयो भने युद्ध सुरु हुन सक्दछ ।
युनिभर्सिटी अफ जर्जटाउनमा सेन्टर फर सेक्युरिटी स्टडिजका विश्लेषक तथा अमेरिकी सेनाका कर्नेल रहिसकेका डेभिड मैक्सवेल भन्छन्–दुई देशबीच रहेको विसैन्यीकृत (डिमिलिटराइज्ड) क्षेत्र अहिले विश्वको सबैभन्दा धेरै हतियारले भरिएको क्षेत्र हो ।


उनी भन्छन्–उत्तर कोरियाको सेनामा ११ लाख कर्मचारी छ । यसमध्ये ७० प्रतिशत राजधानी र यो डिमिलिटराइज्ड क्षेत्रमा तैनाथ छन् । जानकारहरुका अनुसार उत्तर कोरियासँग ६० लाख सैनिक छन् । जसको प्रयोग आवश्यकता पर्द गर्न सकिनेछ ।
डभिड भन्छन्–मलाई लाग्छ कि यो संसारको चौथो सबैभन्दा ठुलो सेना हो ।
डेभिड मान्छन् कि उत्तर कोरियाले हालै गरेको परमाणु परीक्षण र मिसाइल परीक्षणबाट अमेरिकामाथिको आक्रमणको सम्भावना बढेको छ । उनले भने–यदि किम जोंग उनले आक्रमण गर्न चाहे भने दक्षिण कोरियाले ठुलो क्षति बेहोर्नुपर्नेछ ।
जानकारहरुका अनुसार ‘पहिलो केही घण्टामा सयौ हजारौ मिसाइल छोडिन सक्छ, जसले सिउललाई पूर्णरुपमा ध्वस्त पार्न सक्छ । केही मिनेटमा मिसाइल उत्तर कोरियाबाट सिउल पुग्नेछ । यहाँ साढे दुई करोड मानिस बस्छन्, यतिधेरै मानिसलाई बचाएर सुरक्षित स्थानमा लैजान सम्भव हुनेछैन ।
डेभिड भन्छन्–अनुमानलाई मान्ने हो भने युद्धको पहिलो दिनमै ६४ हजारसम्म मानिस मर्न सक्नेछन् । जसरी हानी हुनेछ त्यसको कल्पना पनि गर्न सकिने छैन ।


सन् १९५० मा जस्तै उत्तर कोरियाले आफ्नो सेनालाई दक्षिण कोरियातर्फ पठाएर दक्षिण कोरियासँग सम्झौता गरेर कोरियाली प्रायद्वीपलाई एक गरेर आफ्नो नियन्त्रणमा राख्न चाहनेछ । त्यतिबेला उत्तर कोरिया चाहने छैन कि यो मामिलामा अमेरिकाले दक्षिण कोरियाको सहयोग गर्न आओस् । तर, अब परिस्थिति बदलिसकेको छ । अमेरिका तत्काल सिउलको सहयोगका लाग मध्यस्थता गर्न तयार छ ।
अमेरिकाले कसरी गर्नेछ हस्तक्षेप
एंजेलो स्टेट युनिभर्सिटीमा डिपार्टमेन्ट अफ स्टडिज सेक्युरिटी एण्ड क्रिमिनल जस्टिसका प्रोफेसर ब्रुस बेच्टोक भन्छन्–अमेरिका दक्षिण कोरियालाई उत्तर कोरियाको कब्जामा जान कहिल्यै पनि दिनेछैन ।
पेन्टागनमा उत्तर कोरिया मामिलाका जानकार बेच्टोक भन्छन्–युद्ध भयोभने पहिलो हप्तामा हाम्रा पाइलटहरुका लागि निकै काम हुनेछ । हाम्रो पहिलो कोशिस हुनेछ कि हवाई शक्तिको भरपुर प्रयोग गरेर उत्तर कोरियालाई अघि बढ्नबाट रोक्नु र हामी हतियारका थप खेप पुग्ने प्रतिक्षा गर्नु । जसरी उक्त क्षेत्रमा अमेरिकाको सैन्य सहयोग पुग्न थाल्नेछ हाम्रा लडाकु विमान उत्तर कोरियामाथि बम आक्रमण गर्नेछन् ।
तर, जसैजसै उत्तर कोरिया अमेरिकी सेनाको दबावमा आउनेछ स्थिति राम्रो हुनसक्छ र यो युद्ध परमाणु युद्धमा परिवर्तन हुन सक्छ ।
बेच्टोट भन्छन्–जब किम जोंग उन र उनका ५ हजार नजिकका सहयोगीलाई यो कुराको महशुस हुनेछ कि उनीहरुसँग देश छोडेर जान सक्ने समय छैन तब उनीहरु परमाणु हतियार प्रयोग नगर्ने र हजारौ लाखौ अमेरिकीलाई जिवित राख्नुपर्ने कारण रहनेछैन ।
उनी भन्छन्–यसप्रकारको अवस्थामा कुनै पनि प्रकारको मिसाइल प्रयोग गर्नेछ । जुन हालै उत्तर कोरियाले परीक्षण गरेको छ ।
यो युद्धमा परमाणु हतियार वाइल्ड कार्डका रुपमा रहनेछ । तर,यदि त्यसको प्रयोग भएन भने पनि यो क्षेत्रमा परम्परागत युद्ध भयंकर हुनेछ र जनधनको ठुलो क्षति हुनेछ ।
ब्रुस बेच्टोक भन्छन्–अनुमानको आधारमा भन्ने हो भने पहिलो हप्तामा तीनदेखि चार लाख मानिसको मृत्यु हुन सक्छ वा बीस लाख मानिसको मृत्यु । तर,युद्ध यतिमै सकिने छैन । विगतका युद्धमा जस्तै यसपटक उत्तर कोरियाको सरकारलाई सत्तामा बस्न दिइने छैन र यो युद्धपछि जोडतोडका साथ कोरियाली प्रायद्वीपलाई एक गर्ने कोशिस हुनेछ ।
परिवर्तनको समय
जर्जटाउन युनिभर्सिटीमा एसियाको राजनीति र आर्थिक मामिलामा प्रोफेसर बाल्बीना ह्वाग भन्छिन्–तर यो युद्धको सबैभन्दा भयानक समय हुनेछ परिवर्तनको समय। –हामीलाई थाहा छैन कि एक्लो दक्षिण कोरियाले यो परिस्थितिको सामना गर्न सक्ने छ या छैन । बाल्बीना अमेरिकी विदेश विभागमा युद्धपछिको अवस्थाका विषयसम्बन्धी विश्लेषणको काम गरिसकेकी छन् ।
उनी भन्छिन्–हामी यहाँ ६ देखि ७ करोड नागरिकको कुरा गरिरहेका छौ । सिउल र अन्य सहरमा साढे दुई करोड नागरिक बस्छन् । मानिसहरु हिंसाबाट बच्ने भाग्ने कोशिस गर्नेछन् । यस्तो अवस्थामा अरु दुई करोड नागरिकलाई पनि केन्द्रमा राख्नुस जो उत्तर कोरियाबाट भागेर ‘स्वतन्त्र’ हुनका लागि दक्षिण कोरियातर्फ आउन सक्छन् ।
‘त्यसमा भोका र घरबार गुमाइसकेकाहरु हुनेछन् र उनीहरु पनि हुनेछन् जो लड्न जान्दछन् तर कुनै कारण जिवित रहन चाहन्छन् ।
सन् १९५० को युद्धपछि उत्तर र दक्षिण कोरिया पुनः आफ्नो खुट्टामा उभिएका छन् । बाल्बीनी मान्छिन् कि दुवै देश एक हुन सक्छन् । तर, उनी भन्छिन् कि कम समयमा यसो गर्ने कोशिस गरियो भने परिणाम चिन्ताजनक हुनेछ ।
जानकारहरुका अनुसार यदि चीन र रुस पनि यो मामिलामा होमिए भने अवस्था के होला ? यो परिस्थितिका विषयमा अहिले चिन्ता गरिएको छैन ।
त्यसैले निश्चित रुपमा भन्न सकिन्छ कि युद्ध भयो भने यो कति ठुलो परिमाणमा हुनेछ । तर, यो निश्चित भएर भन्न सकिन्छ कि यो भयानक हुनेछ ।

बीबीसी हिन्दी, नेपालीमा ः फ्रि नेपाल न्यूज नेटवर्कवाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्