कृतिम तालमा डुबेका युवाको ४८ घण्टा बितीसक्दा पनि अबस्था अझै अज्ञात रहेको छ।खोजी गर्न चितवनबाट गोताखोरको टोली दाङ आएर खाजी कार्य जारी राखेको छ। मंगलबार बिहान देखि गोताखोरले युवाको खोजी कार्य शुरु गरेको हो ।
घोराही उपमहानगरपालिका वडा नं। १७ गुलरियामा निर्माण गरिएको कृतिम तालमा डुबेर बेपता भएका घोराही १५ निवासी १८ वर्षीय लक्ष्मण डिसीको अबस्था अझै अज्ञात छ । लामो समयसम्म पनि तालमा डुवेका युवा नभेटिएपछि खोजी कार्यका लागि गोताखोर बोलाईएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बिहान दाङ पुगेपछि घाम लागेपछि मात्रै उनीहरुले खोजी कार्य शुरु गरेका हुन् । प्रहरीका अनुसार पानी भित्र गाडिएर बसेको हुन सक्ने भन्दै यस्तो अबस्थामा गोताखोरले भेटाउन सक्छ । उनी आईतबार बेलुका ४ बजेतिर पानीमा डुबेर बेपता भएका हुन् । सोमबार देखि जेनेरेटरबाट तालको पानी सुकाउन थालिएको छ ।
आईतबार गुलरियामा संगै क्रिकेट खेलेपछि नुहाउन तालमा पसेका उनी डुबेर बेपता भएका हुन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।