किनभयो गोताखोर असफल



जनक नेपाली

दाङ । घोराही उपमहानगरपालिकाले पानी संरक्षणका लागि बनाएको कृतिम जालाशयमा घोराहीका लक्ष्मण डिसी वेपत्ता भएको आज ६४ घण्टा वितिसक्यो । तर उद्धार कार्य चौथौ दिन सम्म पनि जारी छ । घोराही १७ गुलरिया स्थित तालमा डुवेका उनको मंगलवार मध्यरात सम्म पनि फेला पार्न सकिएन । ताल खोेलेर पानी फाल्ने काम निरन्तर हुदै आएको छ । मंगलवार दिनभर गोताखोर लगाएर लक्ष्मणको उद्धार निरन्तर जारी रह्यो गोताखोरले पनि भेट्टाउन सकेन । अब विस्तारै स्थानीयहरुले संगै नुहाउँन गएका साथी माथी प्रश्न गर्न थालेका छन् । गोताखोरले तालमा  हिलो र लेदोमाटो मात्र भएका कारण उद्धार गर्न नसेको जनाएको छ ।

लक्ष्मण नभेटिएपछि विविध आशंका विस्तारै देखिन थालेका छन् । ६४ घण्टा सम्म पनि वेपत्ता नभेटिदा सर्वसाधारणलाई आश्चार्यचकित बनाएको छ। तालमा  डुबेको  मान्छे चार दिन सम्म निकाल्न नसक्दा प्रहरी प्रशासन माथीको कार्यशैली प्रतिपनि टिकाटिप्पनी सुरु हुन थालेको छ । यसले गर्दा स्थानीय निकाय, प्रहरी प्रशासनको कमजोरीका रुपमा समेत लिन थालेका छन् । मंगलवारक रातभरको प्रयासले पानीको सतह घटेको वताउँदै अब केही समयमै उद्धारकार्य सुरु हुने घोराही उपमहानगरपालिका दैवि प्रकोप उद्धार समितिका संयोजक शक्तिराम डाँगीले जानकारी दिनुभयो । गोताखोरलेउद्धार गर्न नसक्दा रातभर पम्मसेट लगाएर पानी फाल्ने काम भएको उहाँले जानकारी दिनुभयो  ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्