५ झुटः डाक्टरसँग कहिल्यै नबोलौ



जब कुनै समस्या लिएर डाक्टरकहाँ पुग्छौं, हाम्रो मनलाई अज्ञात भयले तर्साइरहेको हुन्छ । आफुलाई कुनै गंभिर रोग पो लाग्यो कि ? समस्या जटिल पो हो कि ? उपचारमा धेरै खर्च लाग्ने हो कि ?

अतः डाक्टरको सामुन्ने हाम्रो हात-खुट्टा त्यसै गल्छ । जबकी यो एक मानसिक अवस्थाको कुरा हो ।

डाक्टरसँग निर्धक्क कुरा गरे हुन्छ । गर्नैपर्छ पनि । किनभने हामीले जति स्पष्ट रुपमा आफ्नो कुरा राख्न सक्छौ, समस्याको जरा उत्तिनै सजिलो फेला पार्न सकिन्छ ।

किन लुकाउने कुरा ?

भनिन्छ नि, ‘डाक्टर र वकिलसँग कहिल्यै पनि केही कुराहरु लुकाउनु हुँदैन ।’ किनभने उनीहरुलाई सत्य कुरा नबताउनु हाम्रो लागि खतरनाक साबित हुन्छ ।

डाक्टर र वकिलहरु यस्ता मानिस हुन् जो सँधै हाम्रो हित लागि सँधै काम गरिरहेका हुन्छन् । तर आजभोलि उनीहरुसँग पनि कुरा लुकाइन्छ वा झुटो बोलिन्छ ।

डाक्टरहरुसँग भरपुर मात्रामा झुटो बोलिन्छ । तर, डाक्टरसँग झुट बोल्नु आफ्नै लागि हानीकारक हुन सक्छ ।

हामीले बताएको कुराहरु जुन जान अन्जानमा तपाईंको लागि फाइदाजनक ती सबैकुरा हामीलाई मामुली लाग्छ । यी झुटले डाक्टरलाई त धेरै फरक पर्दैन तर हाम्रो स्वास्थ्यलाई भने धेरै फरक पर्छ ।

धेरै बिरामीहरुले आफ्नो डाक्टरसँग बोल्ने केही यस्ता झुट छन् जसले उनीहरुको उपचारमा धेरै फरक पार्न सक्छ ।

१. मेरो खानपिन सामान्य छ, चिल्लो खानेकुरा बेलाबखत मात्र खान्छु

यो झुट धेरै बिरामीहरुले आफ्नो डाक्टरसँग बोल्ने गर्छन् । झुटो नै बोल्छु भन्ने उनीहरुको मनशाय हुँदैन तर डाक्टरले कराउँछन् भन्ने डरले बिरामीहरुले चिल्लो, पिरो खाँदिन भन्ने गर्छन् ।

धेरै मानिसहरुलाई आफ्नो खानपान सही छ कि गलत भनेर सँधै दोधार हुन्छ । यसैले खानपानको विषयमा झुट नबोली तपाईंको स्वास्थ्यको लागि के ठिक छ र के गलत भनेर डाक्टरलाई नै तय गर्न दिनुहोस् ।

२. यो रोग मेरो परिवारमा कसैलाई थिएन

आनुवांशिक रोगलाई लिएर डाक्टरहरुले आमरुपमा उनीहरुको परिवारमा कसैलाई उक्त रोग थियो कि थिएन भनेर सोध्छन् । यस्तोमा धेरैले हाम्रो परिवारमा यो रोग कसैलाई पनि थिएन भनेर विश्वासिलो तरिकाले भन्छन् ।

तर कैयौं मानिसहरुलाई त आफ्नो हजुरबुबा हजुरआमाको नाम पनि थाहा हुँदैन । त्यसोभए उनीहरुको रोगको बारेमा उनीहरुलाई कसरी थाहा हुन्छ ?

यसैले जब सम्म तपाईंलाई आफ्नो परिवारको इतिहासको बारेमा पूर्णरुपमा थाहा छैन् तब सम्म यस्तो नबोल्नुहोस् । होइन भने यो तपाईंको लागि हानीकारक साबित हुन सक्छ ।

३. चुरोट मदिराको लत बारे

यदि तपाईं चुरोट वा मदिराको सेवन गर्नुहुन्छ भने डाक्टरलाई खुलेर बताउनुहोस् । किनभने तपाईंको सत्य कुरा तपाईंको स्वास्थ्यको लागि धेरुै फाइदाकारी छ । चाहे यसको मतलब तपाईंको लागि अरु नै होला तर चिकित्सकको लागि यो धेरै नै महत्वपूर्ण कुरा हो ।

तपाईंले डाक्टरलाई ढाँटेर चुरोट, रक्सी पिउनाले तपाईंको स्वास्थ्यलाई धेरै हानी गर्छ । त्यसैले हरेक लतको बारेमा चिकित्सलाई जरुर थाहा दिनुहोस् ।

४.मैले अन्य औषधिको सेवन गरेको छैन

यो झुट एक पनि आम झुट हो जुन धेरै मानिसले आफ्नो डाक्टरसँग बोल्छन् । कुनै रोग लागेपछि मानिसहरुले डाक्टरसँग त जँचाएर औषधिको प्रयोग गर्छन नै त्यस्तै उनीहरुले वैकल्पिक औषधि उपचार पनि अपनाउँछन् ।

त्यसको कारण रोग सही हुनाको सट्टा अझै बढ्न पनि सक्छ । तर, जब डाक्टरकोमा जान्छन् त्यतिखेर अन्य औषधि खाएको छैन भनेर झुटो बोल्छन् ।

तपाईंलाई थाहा नहुन सक्छ झुटो बोल्नु स्वास्थ्यको लागि धेरै नै खतरनाक हुन सक्छ । एलोप्याथी वा आयुर्वेदिक कुनै पनि पद्धति साइड इफेक्ट रहित हुँदैन । यसैले जोसँग उपचार गराएपनि चिकित्सकलाई आफूले सेवन गरेको हरेक औषधिको बारेमा थाहा दिनुहोस् ।

५. दुख्न भर्खरै सुरु भएको हो

हामीलाई कुनै रोग लाग्छ वा केही स्वास्थ्य समस्या देखिन्छ भने हामी त्यो लक्षणलाई महिना वा वर्षौंदेखि नदेखेको जस्तो गरिदिन्छौं । तर, हामीलाई यो कुरा राम्रोसँग थाहा हुन्छ । अनि जब यो समस्या धेरै बढ्छ त्यतिखेरमात्रै डाक्टरकोमा जान्छौं ।

डाक्टरहरुले कहिलेदेखि समस्या देखिएको भनेर सोध्दा हामी अक्सर हालसालै हो वा केही दिनदेखि मात्रै हो भनेर जवाफ दिन्छौं । यदि तपाईं डाक्टरलाई ठिक ढंगले बताउनुहुँदैन भने समयमै त्यस रोगको गम्भिरता पहिचान गर्न सक्नुहुँदैन ।

जसको कारण यो समस्या अझै बढ्छ साथै तपाईंको समय पनि बर्बाद हुन्छ । कहिलेकाँही त रोग धेरै जटिल भैसकेको हुन्छ त्यसैले डाक्टरसँग यस्ता कुरामा कहिल्यै पनि झुटो नबोल्नुहोस् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्