दोहोरीमै इन्द्राको जवानी पोखिए पछि शिबहरीलाई तनाव.. (लाईभ दोहोरी)



यो दोहोरी भन्ने कुरानै अचम्मको छ । जवानी पोखिने देखी माया प्रेमका शब्दहरु मात्र होईन आप्mना बियोगान्त शब्दहरुलाई पनि गायक गायीकाहरुले मिलाएर गाउने गर्दछन् । नेपाली संस्कृती झल्कने यस्ता गीत संगीतलाई पछिल्लो पुस्ताले अंगिकार गर्दै लगेपनि शब्द चयन र प्रस्तुतीमा भने केही फरक हुदै गएको देख्न सकिन्छ ।

बिगतमा जस्तो गाईने लोक गीत तथा दोहोरी गीतहरु जस्तो अहिलेको पुस्ताले गाउदैनन् । सिधै माया पिरतीका शब्दबाट गीता उठान गर्छन र अन्त्यमा रात बिताउने, बिहे गर्ने जस्ता शब्दमा गएर गीत सकिन्छ । कति पय गीतहरु बिछोडको कहानीलाई आधार बनाएर गाईएको हुन्छ । गीत जस्तो भएपनि हाम्रो मौलिक पहिचान बोकेको हुनु पर्छ भन्नेहरुले नै गीतको टुक्का वा शब्दलाई परिर्वतन गराएर बिकृतीजन्य शब्द प्रयोगमा ल्याउन थालेका छन् ।

यस दोहोरीमा पनि माया प्रेमकै भावमा गीत जादै गर्दा गीतले ब्वाईफ्रेन भए नभएको र पछि लाहुरेको पछि लाएको भन्ने कुरा सम्म गीत पुग्छ । जवानी ढल्कीएर पोखिसकीएको बताएकी इन्द्रालाई लाहुरेको पछि लाउनाले यस्तो भएको जवाफ गीतमार्फत शिबहरिले दिएका छन्।

https://www.youtube.com/watch?v=jgBRbtR__Ro

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्