पहिलो पटक कम्बोडियाका प्रधानमन्त्री नेपाल आउँदै



काठमाडौं । कम्बोडियाका प्रधानमन्त्री हुन सेन पहिलो पटक नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा सेन मङ्सिर १३ र १४ नेपाल भ्रमणमा आउन लागेका हुन् ।

सेनले नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी सेन सद्भावना भ्रमणका लागि आउन लागेको जनाएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्